विभागका सूचना अधिकृत दुर्गाप्रसाद भुषालले सबैभन्दा बढी लगानी प्रतिवद्धता जलविद्युत् क्षेत्रमा आएको बताए । ‘उर्जा क्षेत्र बढी सम्भावना भएकाले पनि यो क्षेत्रमा लगानी बढेको हुनसक्छ,’ उनले क्यापिटल नेपालसँग भने, ‘उर्जापछि सबैभन्दा बढी लगानी उत्पादनमूलक उद्योगमा प्रतिवद्धता आएको छ ।’
चालू आर्थिक बर्षको पहिलो ८ महिनामै २ खर्ब ३२ अर्ब रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार कृषिजन्यमा २ अर्ब ३१ करोड, निर्माण क्षेत्रमा ४ अर्ब ११ लाख, उर्जा क्षेत्रमा १ खर्ब ५० अर्ब, सूचना प्रविधि क्षेत्रमा ५९ करोड, उत्पादनमूलक क्षेत्रमा ५६ अर्ब ४८ करोड, खनिज क्षेत्रमा २ अर्ब २२ करोड, सेवामूलक क्षेत्रमा ३ अर्ब ८९ करोड, पर्यटन क्षेत्रमा १२ अर्ब ७४ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको देखिएको छ ।
विभागका सूचना अधिकृत दुर्गाप्रसाद भुषालले सबैभन्दा बढी लगानी प्रतिवद्धता जलविद्युत् क्षेत्रमा आएको बताए । ‘उर्जा क्षेत्र बढी सम्भावना भएकाले पनि यो क्षेत्रमा लगानी बढेको हुनसक्छ,’ उनले क्यापिटल नेपालसँग भने, ‘उर्जापछि सबैभन्दा बढी लगानी उत्पादनमूलक उद्योगमा प्रतिवद्धता आएको छ ।’
उनका अनुसार आठ महिनामा ३ सय २ ओटा उद्योग दर्ता भएका छन् । कृषिजन्यमा १५, निर्माण क्षेत्रमा ३, उर्जा क्षेत्रमा २६, सूचना प्रविधिमा १५, उत्पादनमुलकमा ८७, खनिजमा ३ सेवामूलक र पर्यटनमा क्रमश ६७ र ८६ ओटा उद्योग दर्ता भएका छन् ।
उद्योग विभागको तथ्याङ्क अनुसार कार्य सञ्चालन पुँजी भने १७ अर्ब २५ रहेको छ । त्यसैगरी, स्थिर पुँजी २ खर्ब १५ अर्ब रुपैयाँ राखेका छन् ।
विभागमा दर्ता भएका तिन सय दुई कुल उद्योगमा १८ हजार ९ सय २ जनाले रोजगार पाउने विभागको तथ्याङ्कले देखाएको छ ।
त्यस्तै गत आर्थिक बर्षको तुलनामा चालू आबमा ७ ओटा उद्योगको सङ्ख्या घटेको । तर लागतमा भने चालु आबमा बढि छ । गत बर्षमा १४ हजार २ सय ६४ जनाले रोजगार पाउने बताएका थिए भने, चालू आवमा प्रतिवद्धता जनाएका उद्योगले ४ हजार ६ सय ३८ ले बढेर १८ हजार ९ सय २ जनाले रोजगारीको अवसर पाउने विभागको तथ्याङ्कले देखाएको छ ।
विभागको वैदेशिक शाखाका उपनिर्देशक गजेन्द्र बस्नेतका अनुसार गत वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षको आठ महिनामा दोब्बर बढी लगानी भित्रिसकेको छ । ‘विदेशबाट गत वर्ष ११ अर्ब ५२ करोड भन्दा बढि लगानी प्रतिवद्धता आएकोमा चालू आवमा आठ महिनामा ३८ अर्ब ४१ करोड अर्ब भन्दा बढि लगानी प्रतिवद्धता आइसकेको छ’ उनले भने ।
वैदेशिक लगानी अन्तर्गत चालू आर्थिक बर्षको आठ महिनासम्म एक सय ९४ उद्योग विभागमा दर्ता भएका छन् । ति मध्य कृषिजन्यमा ११, उर्जामा ४, सूचना तथा सञ्चार प्रविधिमा १७, उत्पादनमूलकमा ३९, खनिजतर्फ १, र सेवामूलक र पर्यटनमा क्रमश् ६२ र ६० उद्योग दर्ता भएका छन् ।