असारभित्र सबै स्थानीय तहमा वाणिज्य बैङ्क

राष्ट्र बैङ्कका अनुसार मुलुकमा रहेका ७ सय ५३ स्थानीय तहमध्ये हालसम्म ३ सय ९४ स्थानीय तहमा मात्रै वाणिज्य बैङ्कका शाखा पुगेको छ । स्थानीय तहबाट हुने सरकारी कारोबार वाणिज्य बैङ्कमार्फत गर्ने व्यवस्था भए पनि सम्बन्धित क्षेत्रमा बैङ्क नपुग्दा स्थानीय तहलाई काम गर्न गाह्रो भएको थियो ।

नेपाल राष्ट्र बैङ्कले प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा वाणिज्य बैङ्क असारभित्र पुग्ने गरी काम गर्न वाणिज्य बैङ्कहरुलाई निर्देशन दिएको छ । बुधबार केन्द्रीय बैङ्कले कुन तहमा कुन बैङ्क जाने स्पष्ट सूचीसहित परिपत्र गरेको हो ।

चालू आर्थिक वर्षको बजेटमै हरेक स्थानीय तहमा एउटा वाणिज्य बैङ्क पुग्ने आश्वासन दिइएको भए पनि बैङ्कहरु कतिपय स्थानमा जान आनाकानी गरेपछि केन्द्रीय बैङ्कले स्थानसहित सूची बैङ्कहरुलाई पठाएको हो । राष्ट्र बैङ्कले २ सय ४३ स्थानीय तहमा बैङ्कहरुले पेस गरेको सूचीअनुसारको शाखा २०७५ वैशाखभित्रै खोलिसक्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । त्यसैगरी अन्य १ सय १६ स्थानीय तहमा भने राष्ट्र बैङ्कले नै कहाँ कुन बैङ्कले शाखा खाल्ने भन्ने सूची पठाएको छ । राष्ट्र बैङ्कका अनुसार मुलुकमा रहेका ७ सय ५३ स्थानीय तहमध्ये हालसम्म ३ सय ९४ स्थानीय तहमा मात्रै वाणिज्य बैङ्कका शाखा पुगेको छ । स्थानीय तहबाट हुने सरकारी कारोबार वाणिज्य बैङ्कमार्फत गर्ने व्यवस्था भए पनि सम्बन्धित क्षेत्रमा बैङ्क नपुग्दा स्थानीय तहलाई काम गर्न गाह्रो भएको थियो ।

केन्द्रीय बैङ्कले परिपत्रमा २०७५ वैशाख र असारमा खोलिसक्नुपर्ने शाखा कार्यालयका सम्वन्धमा भए गरेका काम–कारबाहीको प्रगति विवरण प्रत्येक १५–१५ दिन (महिनाको १५ गते र मसान्त)मा राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागमा पठाउन बैङ्कहरुलाई भनेको छ । सम्बन्धित स्थानमा शामखा स्थापना गर्दा आवश्यक पर्ने सुरक्षालगायतका पूर्वाधारका विषयमा केन्द्रीय बैङ्कको सिफारिसबमोजिम अर्थ मन्त्रालयले सम्बन्धित नियकासँग समन्वय र सहजीकरण गर्नेसमेत राष्ट्र बैङ्कले उल्लेख गरेको छ ।

राष्ट्र बैङ्कले अनिवार्य शाखा खोल्नैपर्ने बाध्यतात्मक व्यवस्थाअन्तर्गत सबैभन्दा कम शाखा सिद्धार्थ बैङ्क, प्राइम कमर्सियल बैङ्क, मेगा बैङ्क, सिभिल बैङ्क, सेन्चुरी कमर्सियल बैङ्क र ग्लोबल आईएमई गरी ६ ओटा बैङ्कले असारभित्र १/१ ओटा शाखा खोल्नुपर्नेछ भने सबैभन्दा बढी हिमालयन बैङ्क र नेपाल एसबीआई बैङ्कले ९/९ ओटा शाखा खोलनुपर्नेछ । त्यसगरी नेपाल बैङ्क, लक्ष्मी बैङ्क, कृषि विकास बैङ्कले ८/८, राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल–बङ्गलादेश बैङ्क, बैङ्क अफ काठमान्डू, एनआईसी एसिया, जनता बैङ्कले ६/६, नबिल बैङ्कले ७, नेपाल इन्भेस्टमेन्ट बैङ्कले ४, एभरेस्ट बैङ्क, सिटिजन्स बैङ्क इन्टरनेसनल र कुमारी बैङ्कले ५/५, नेपाल क्रेटि एन्ड कमर्स बैङ्क र सानिमा बैङ्कले ३/३, माछापुच्छ«े बैङ्क, सनराइज बैङ्क र प्रभु बैङ्क २/२ ओटा शाखा खोल्नुपर्नेछ ।