पछिल्लाे समय नेपालमा चीनले तीब्र गतिमा लगानी विस्तार गर्दै गइरहेकाे छ । जलविद्युत्, उत्पादनमुलक उद्याेग, सेवा मुलक उद्याेगमा समेत अाक्रामक बन्दै गएकाे चीनले रेस्टुरेन्ट व्यवसायमा ठूलाे लगानी गर्न लागेकाे हाे । अहिले चीनले पाँच लाख रूपैयाँदेखि २ अर्ब रूपैयाँ भन्दा बढी लगानी गरेर साना तथा ठूला हाेटल सञ्चालनमा ल्याउँदै छ ।
होटल तथा रेस्टुरेन्ट व्यवसायमा चीन ‘एग्रसिभ’ बन्दै गएको छ । चीनले काठमाडौंसहित देशका विभिन्न ठाउँमा होटल तथा रेस्टुरेन्टमा लगानी बढाएको छ ।
चीनले आगामी ६ महिनाभित्र एक करोड लगानीमा होङ्फु पास्ट्री प्रालि, २ करोड लगानीमा फुसुन होटल प्रालि, दुई करोड लगानीमा ओन्डरल स्ट होटल एण्ड रेस्टुरेन्ट, दुई करोड ५ लाख लगानीमा युकि होटल, दुई करोड लगानीमा क्वीयनमिन होटल प्रालि, एक करोड ५ लाख लगानीमा चेन्जेङ् रेस्टुरेन्ट प्रालि, ३ करोड ५ लाख लगानीमा रियुनियन, दुई करोड लगानी सहित चिनियाँ ठमेल टाउन रेस्टुरेन्ट, दुई करोड ५ लाख लगानीमा छेन्दु रेस्टुरेन्ट, ५ लाख लगानीमा बेलायती ओलिभर्ट डिस्ट्रो प्रालि, एक करोड ५ लाख लगानीमा छ्यान्सी होटल एन्ड रेस्टुरेन्ट खुल्न लागेको उद्योग विभागले जनाएको छ ।
२ करोड ५ लाख लगानीसहित ग्रेटवाल अफ चाइन होटल एन्ड रेस्टुरेन्ट, एक करोड लगानीमा एट भिल्ला, २ करोड लगानीमा जियाओ डिङ्ग होटल, पाचँ लाख लगानीमा कैलाश तिवेत रेस्टुरेन्ट क्याफे, एक करोड ५ लाख लगानीमा एति इन, एक करोड लगानीमा लक्की इन होटल र फ्याटपिन पिजेरिया होटल एण्ड रेस्टुरेन्ट सञ्चालनमा आउन लागेका हुन् ।
दुई करोड ५० लाख लगानीमा मिहाओशु होटल प्राइभेट लिमिटेड, एक अर्ब ५० लाख लगानीमा आर एन्ड आर होटल एन्ड रेस्टुरेन्ट, ११ करोड ५३ लाख रुपैयाँको लगानीमा गोल्डेन क्लाउड होटल, पाँच लाख रुपैयाँको लगानीमा मेड फाइब रेस्टुरेन्ट, ५ लाख लगानीमा इलाफेन्ट फ्यामेली होटल एन्ड रेस्टुरेन्ट, एक करोड लगानीमा सुनकोशी रिभर साइड रेस्टुरेन्ट, पाँच लाख लगानीमा आयुर्वेद क्याफे, एक अर्ब ६ करोड १० लाख लगानीमा लुम्बिनी एभ्युजमेन्ट एण्ड वाटर पार्क, दुई करोड ५० लाख लगानीमा एट्लान्टिक रिक्रियसन, १६ करोड ९६ लाख लगानीमा फरेस्ट फ्लेबर रिसोर्ट, १२ करोड ८८ लाख ६५ हजार लगानीमा हिमालयन होटल एन्ड सुइट्स प्रालि, ७० करोडको लगानीमा इन्टरनेसनल हस्पिटालिटी एन्ड होटल, एक करोड २० लाख लगानी टाइगर प्यालेस एन्ड रिसोर्ट सञ्चालनमा आउन लागेको उद्योग मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले जानकारी दिइन् ।
उनका अनुसार चीनपछि स्वदेशी लगानीमा पनि धेरै रेस्टुरेन्ट तथा होटल खुल्नेक्रम बढेको छ । दुई करोड लगानीमा रमाइलो रेष्टुरेन्ट, २ करोड ५ लाख लगानीमा युनिक बुटिक हाउस, एक करोड लगानीमा टिएल ए दि लाजिम्पाट प्रालि, चार करोड ९ लाख लागतमा बुद्ध लोटस हट होटल प्रालि, ५ लाख लगानीमा रिल्याक्स इन होम प्रालि, ५ लाख लगानीमा एट सनलाइट प्रालि, एक करोड लगानीमा वेलकम हेरिटेज इन प्रालि, एक करोड लगानी सहित द ग्लास हाउस होटल, १२ करोड लागतमा तेन्जिन एन्ड तेन्जिन हस्प्टिालिटी खुल्ने भएका हुन् ।
सचिव खतिवडाका अनुसार चालू आर्थिक वर्षको ८ महिनामा होटल तथा रेस्टुरेन्ट व्यवसामा ८ अर्ब रुपैयाँ भन्दा बढी लगानी भित्रिएको देखिएको छ । यी होटल तथा रेस्टुरेन्टले ३ हजार २ सय ५८ जनालाई रोजगारी दिने विभागले जनाएको छ । पर्यटन क्षेत्रमा भित्रिएको विदेशी लगानीमध्ये सबैभन्दा बढी चीनको रहेको छ ।