भन्सार विभागको पछिल्लो सात महिनाको तथ्याङ्कअनुसार नेपालमा ६ लाख ८३ हजार एक सय ८५ रुपैयाँको सो परिमाणका मोबाइल फोन तथा अन्य टेलिफोनका सामान नेपाल आयात भएका हुन् ।
चालू आर्थिक वर्षको सात महिनामा विभिन्न भन्सार नाका हुँदै ३० लाख ४९ हजारभन्दा बढी थान मोबाइल सेट तथा अन्य टेलिफोनका सामान नेपाल भित्रिएका छन् ।
भन्सार विभागको पछिल्लो सात महिनाको तथ्याङ्कअनुसार नेपालमा ६ लाख ८३ हजार एक सय ८५ रुपैयाँको सो परिमाणका मोबाइल फोन तथा अन्य टेलिफोनका सामान नेपाल आयात भएका हुन् । नेपालमा मोबाइलप्रति बढ्दो आकर्षण तथा अहिलेको मोबाइल अत्यावश्यक वस्तु हुन गएकाले पनि नेपाली बजारमा यत्रो परिमाणमा मोबाइल फोन भित्रिने गरेका छन् ।
विभागका अनुसार चालू आवको फागुनसम्म (६ महिना) भने विभिन्न मुलुकबाट दुई करोड २३ लाख ४६ हजार ३ सय २१ थान मोबाइल तथा टेलिफोन आयात भएका थिए । यसैगरी चालू आवको सात महिनासम्म ३० लाख ४९ हजार तीन सय २९ मोबाइल फोन आयात भएको तथ्याङ्कले देखाएको छ । यो सङ्ख्या गत महिनाको भन्दा ७ लाख ३ हजार ८ ले बढी हो ।
नेपालमा आयात हुने मोबाइल तथा अन्य टेलिफोनमध्ये सबैभन्दा बढी चीन, भारत, कोरिया र हङ्कङबाट नेपाल भित्रिने गरेका छन् । नेपाली बजारमा आयात हुने मोबाइलमध्ये चीनबाट २९ लाख ९५ हजार चार सय ५४ थान, हङ्कङ्बाट दुई हजार एक सय १२, भारतबाट १८ हजार एक सय चार, कोरियाबाट ३० हजार एक सय ६२, इन्डोनेसियाबाट एक हजार आठ सय, भियतनामबाट एक हजार २०, जापानबाट तीन सय ६६, जर्मनीबाट एक सय १८ थान, र अन्य मुलुकबाट एक सय ८३ थान मोबाइल तथा टेलिफोन आयात भएका छन् ।
मोबाइलमा प्रयोगकर्ताको सुलभता र सहज पहुचँले मोबाइल आयात, सेवा र प्रयोगकर्ताहरुको सङ्ख्या समेत बढिरहेको देखिन्छ ।
मोबाइल सेवा प्रयोगकर्ता पनि बढ्दो
नेपालमा मोबाइल सिम प्रयोगकर्ताको सङ्ख्या तीन करोड ७७ लाख ८७ हजार ८ सयभन्दा बढी पुगेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालको जनसङ्ख्याभन्दा बढी सिम प्रयोगमा रहेको देखिन्छ । प्राधिकरणको तथ्याङ्कअनुसार एक सय ३६ दशमलव ३४ प्रतिशत मोबाइल प्रयोगकर्ता छन् ।