तेस्रो मुलुकको सामान भारतबाट आयात गर्न पाइँदैन । तर भारतबाट पनि आयात गर्न मिल्ने व्यवस्था गर्नुपर्छ । नेपालमा फस्टाउँदै गरेको सिमेन्ट उद्योगका लागि आवश्यक कच्चापदार्थ कोइला हो । त्यो नेपालका सबै मिलेर पनि पानीजहाज किन्न सकिँदैन । भारतमा अहिले ठूलाठूला पानीजहाजबाट कोइला आउने गरेको छ । त्यो हामीले किन्न सक्ने हो भने सिमेन्ट उद्योगका लागि फाइदा हुन्थ्यो । त्यसैले बल्क कार्गाे र तेस्रो मुलुकमा उत्पादित वस्तु भारतबाट ल्याउन मिल्ने वातावरण बन्नुपर्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका बेला आर्थिक मुद्दालाई विशेष प्रथामिकताका साथ उठाउन नेपाल उद्योग वाणिज्य महासङ्घले सुझाएको छ ।
नेपालले भारतबाट आर्थिक रुपमा लाभ लिन सकेको भन्दै महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालले लाभ लिने गरी मुद्दा उठाउन आग्रह गरेका हुन् । भारतको मार्ग प्रयोग गरेर नेपालमा वस्तु आयात गर्दा लागत एकदमै महँगो छ । त्यसैले विशाखापट्टनम बन्दरगाहलाई प्रयोगमा ल्याउने हो भने धेरै समस्या समाधान हुने गोल्छाले जानकारी दिए ।
‘कोलकातामा पनि ठूलो रेलको समस्या छ । ट्रकबाट ल्याउन बल्क कार्गाेको सम्भावनै छैन । कङ्करले मात्रै त्यहाँबाट ल्याउँदै आएको छ,’ गोल्छाले भने, ‘नेपालका नाकाहरुमा वीरगन्जबाट मात्रै बल्क कार्गाे आउन सक्छ । अरुतिर अनुमति छैन । जोगवनी, काँकडभिट्टा र भैरहवामा पनि बल्क कार्गाे आउने वातावरण बनाउनुपर्छ ।’
उनका अनुसार तेस्रो मुलुकको सामान भारतबाट आयात गर्न पाइँदैन । तर भारतबाट पनि आयात गर्न मिल्ने व्यवस्था गर्नुपर्छ । नेपालमा फस्टाउँदै गरेको सिमेन्ट उद्योगका लागि आवश्यक कच्चापदार्थ कोइला हो । त्यो नेपालका सबै मिलेर पनि पानीजहाज किन्न सकिँदैन । भारतमा अहिले ठूलाठूला पानीजहाजबाट कोइला आउने गरेको छ । त्यो हामीले किन्न सक्ने हो भने सिमेन्ट उद्योगका लागि फाइदा हुन्थ्यो । त्यसैले बल्क कार्गाे र तेस्रो मुलुकमा उत्पादित वस्तु भारतबाट ल्याउन मिल्ने वातावरण बन्नुपर्छ ।
यसबाहेक गैरभन्सार अवरोध अहिले एकदमै बढेको छ । जसका कारण निर्यातमा ठूलो समस्या आएको छ । नेपालबाट खासगरी, अदुवा, अलैँची, चियालगायतका वस्तु निर्यात हुन नसकेको गोल्छाले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण बेला यी कुरालाई प्राथमिकताका साथ उठाउनुपर्छ ।
भारतमा वस्तु तथा सेवा कर (जीएसटी) लागू भएपछि गैरभन्सार अवरोध धेरै बढेको छ । त्यसलाई समाधान ओलीको यो भ्रमण फलदायी बन्नुपर्ने महासङ्घको भनाइ छ ।
त्यसैगरी, ओलीले नेपाली ल्याबलाई भारतमा मान्यता दिलाउन विशेष पलहको आवश्यकता छ । यदि त्यसो हुन सके भने, भारतीय ल्याबहरु सीमाक्षेत्रमा उपलब्ध हुनुप¥यो । यसो हुन सक्यो भने धेरै वस्तु भारत निर्यात गर्न सकिन्छ । यसबाहेक रेलको कुरा पनि छ । एउटा रेल काठमाडौंसम्म आउने हो भने नेपालको हाइवेमा ठूलो लोड कम हुन्छ । रक्सौलबाट काठमाडौं जोड्ने कार्गाे रेल अथवा यात्रुवाहक रेल आउने किसिमले काम अघि बढाउनुपर्छ । त्यसका लागि लबिइङ गर्नैपर्छ ।
ऊर्जाको क्षेत्रमा पनि उत्कृष्ट ‘नेगोसिएसन’ गर्नुपर्छ । हामी दुई वर्षपछि बिजुलीमा आत्मनिर्भर हुन्छौं । त्यसपछि बजार खोज्नैपर्छ । त्यसका लागि अहिले नै तयारी थाल्नुपर्छ ।
अाेली अागामी शुक्रबारदेखि भारत भ्रमणामा निस्किँदै छ । उनी तीनदिने भारत भ्रमणमा जान लागेका हुन । उनीसँग महासङ्घ, नेपाल उद्याेग परिसङ्घ र चेम्बरबाट ८/८ जना व्यवसायी पनि भारत जाँदै छन् ।