१० लाखसम्मकाे सुनचाँदी कर्जा असल

केन्द्रिय बैङ्कले असल कर्जा सम्बन्धी नयाँ व्यवस्था गरी १० लाख रुपैयाँ सम्मको सुनचाँदी कर्जा पनि थपेको हो । यसभन्दा अघि असल कर्जामा मुद्दति रसिदको धितोमा गएका कर्जा तथा सापटहरु र नेपाल सरकारको सुरक्षणपत्र तथा नेपाल राष्ट्र बैङ्क ऋणपत्रको धितोमा गएका कर्जा तथा सापटलाई मात्र असल कर्जा मानेको थियो ।

बैङ्क तथा वित्तीय संस्थाले प्रयाप्त धितो राखि १० लाख रुपैयाँसम्मको कर्जा असल कर्जाको रुपमा गणना हुने भएको छ । यसभन्दा अघि सुनचाँदि कर्जालाई यस्तो व्यवस्था गरेको थिएन ।

नेपाल राष्ट्र बैङ्कले शुक्रबार निर्देशन जारी गर्दै प्रयाप्त धितोराखी १० लाख रुपैयाँ सुनचाँदी कर्जा दिएको अवस्थामा असल कर्जा मानिने व्यवस्था गरेको हो । केन्द्रिय बैङ्कले असल कर्जा सम्बन्धी नयाँ व्यवस्था गरी १० लाख रुपैयाँ सम्मको सुनचाँदी कर्जा पनि थपेको हो । यसभन्दा अघि असल कर्जामा मुद्दति रसिदको धितोमा गएका कर्जा तथा सापटहरु र नेपाल सरकारको सुरक्षणपत्र तथा नेपाल राष्ट्र बैङ्क ऋणपत्रको धितोमा गएका कर्जा तथा सापटलाई मात्र असल कर्जा मानेको थियो ।

तर, अतिरिक्त धितो सुरक्षण वापत मुद्दति रसिद वा नेपाल सरकारको सुरक्षणपत्र वा नेपाल राष्ट्र बैङक ऋणपत्र धितो राखी कर्जा प्रवाह गरेमा त्यस्ता कर्जा तथा सापटहरुलाई भने असल, कमसल, सुक्ष्म निगरानी, शंकास्पद र खराव कर्जाको रुपमा बार्गिकरण गर्नु पर्ने व्यवस्था छ ।

बढीमा एक वर्षसम्म भुक्तानी अवधि भएको चालु पुँजी कर्जालाई नवीकरण गर्दा असल कर्जामा समावेश गर्न सकिने व्यवस्था छ । इजाजतपत्रप्राप्त संस्थाले ऋणीको कर्जा तिर्न सक्ने क्षमता, भावी नगद प्रवाह, आम्दानीको स्रोत जस्ता कर्जा प्रवाहका न्युनतम आधारहरुको विश्लेषण पश्चात कर्जा सदुपयोगको सुनिश्चितता हुने गरी मात्र कर्जा नवीकरण गर्नुपर्छ । चालु पुँजी प्रकृतिका कर्जाहरुमा प्राप्त हुनु पर्ने ब्याज नियमित नभएको अवस्थामा त्यस्तो कर्जालाई ब्याज वक्यौता अवधिको आधारमा वर्गीकरणगर्नु पर्नेछ ।