जलविद्युतमा मात्रै स्वदेशीको डेढ खर्ब लगानी, २९०० मेगावाट उत्पादन

ऊर्जा क्षेत्रमा एक हजार ६ सय आठ जनाको रोजगारी पाउने छन् । ऊर्जा क्षेत्रमा आधारीत दर्ता भएका उद्योग मध्ये ६७ करोड ३० लाख १३ हजार २ सय ७५ रुपैयाँ लगानीमा दोलखा झ्याकुमा जलविद्युत् आयोजना निर्माण गर्ने छ । यसले १७ जनालाई रोजगारी दिने विभागमा उल्लेख छ ।

दुई हजार ९ सय ७० मेगावाट विद्युत् उत्पादन गर्न २६ कम्पनीले एक खर्ब ५० अर्ब भन्दा बढी लगानी गर्दै छन् । सो रकम नेपाली लगानीकर्तामा मात्रै भएको उद्योग विभागले जनाएको छ । दुइ हजार ९ सय ७० मेगावाट विद्युत् उत्पादन गर्न नेपाली लगानीकर्ताको मात्रै लगानी रहेको विभागका अधिकारी बताएका छन् ।

विभागको पछिल्लो तथ्याङ्क अनुसार ऊर्जा क्षेत्रमा एक हजार ६ सय आठ जनाको रोजगारी पाउने छन् । ऊर्जा क्षेत्रमा आधारीत दर्ता भएका उद्योग मध्ये ६७ करोड ३० लाख १३ हजार २ सय ७५ रुपैयाँ लगानीमा दोलखा झ्याकुमा जलविद्युत् आयोजना निर्माण गर्ने छ । यसले १७ जनालाई रोजगारी दिने विभागमा उल्लेख छ । कम्पनीको नाम गणेश हाइड्रो हो । त्यस्तै १९ करोड ६९ लाख ६ हजार ९ सय ५० रुपैयाँ लागतमा सेञ्चुरी इनर्जी प्रलि, पाचँ अर्ब १९ करोड १९ लाख ५७ हजार चार सय २७ रुपैयाँको लगानीमासोलुखुम्बुमा पिके हाइड्रोपावर, १७ करोड ३८ लाख २२ हजार रुपैयाँ लगानीमा सैदिपावर कम्पनी दर्ता भएका छन् ।

त्यस्तै ९८ करोड ५० लाख ७५ हजार तीन सय रुपैयाँको लगानीमा ताप्लेजुङमा हिम कन्सल्ट प्रालि, र ९ अर्ब एक करोड लगानीमा सानिमा मिडिल तमोर हाइड्रो कम्पनी लिमिटेड आउँदैछन् । एक अर्ब ३९ करोड ५० लाख रुपैयाँ लगानीमा थ्रिस्टार हाइड्रोपावर कम्पनी लिमिटेड, ९ अर्ब ९५ करोड पाँच लाख ३५ हजार रुपैयाँ लगानीमा कुसुवा खोला हाइड्रोपावर लिमिटेड, दुई करोड ५७ हजार लागतमा माथिल्लो मैलुङ् हाइड्रोपावर लिमिटेड, आठ अर्ब ६४ करोड ६० लाख ६ हजार आठ सय १२ रुपैयाँ लागतमा पिपुल्स इनर्जी प्राइभेट लिमिटेडले छिटै काम सुरु गर्दै छन् ।

त्यसैगरी उद्योग विभागमा ४४ अर्ब ३९ करोड ९३ लाख ५४ हजार रुपैयाँ लगानीमा तमोर सानिमा इनर्जी प्रालि, त्यस्तै ९५ करोड ८२ लाख ७२ हजार रकममा पायोनियर हाइड्रोपावर, ९ अर्ब ३३ करोड ६१ लाख लगानीमा निलगिरि हाइड्रोपावर लिमिटेड, एक अर्ब ८५ करोड ३५ लाख लगानीमा सगरमाथा जलविद्युत कम्पनी लिमिटेड, एक अर्ब २ करोड लगानीमा मकर जितुमाया हाइड्रोपावर लिमिटेड, ७७ करोड ७८ लाख ३७ हजार लगानीमा अप्पर लोहोर खोला हाइड्रोपावर प्रालि, एक अर्ब ९ करोड लगानीमा एस सिआई इजी इन्टरनेसनल हाइड्रोपावर कम्पनी, ९ अर्ब ४० करोड २५ लाख पाँच हजार लगानीमा ह्याबिटाट पाबर कम्पनी विभागमा दर्ता रहेका छन् ।

त्यस्तै ठूलो लगानी अन्तर्गत ४८ अर्ब ८२ करोड ९६ लाख रुपैयाँ लगानीसहित एस सि पावर कम्पनी प्रालि, ७० करोड १६ लाख ७० हजार लागत रकममा छ्याङ्दी हाइड्रोपावर, र १९ करोड ७७ लाख ३५ हजार रुपैयाँ लागतमा गाउँ घर उज्यालो हाइड्रो पावर कम्पनी विभागमा दर्ता भएका छन ।