एनआईसी एशिया बैंकको नयाँ शाखा भरतपुर महानगरपालिकाको गीतानगरमा सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र बैङ्कका सञ्चालक राजेन्द्रप्रसाद अर्यालले उद्घाटन गरेका हुन् ।
एनआईसी एशियाले अवलम्बन गरेको शाखा सञ्जाल विस्तार रणनीति एक अग्रगामी कदम भएको भन्दै यस्ता रणनीतिले देशको आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिएको दाहालले जानकारी दिइन् ।
अर्यालले बैंकले देशका कुना कन्दरामा बसोबास गर्ने स्थानीय सर्वसाधारणहरूलाई वित्तीय सेवाको पहुँचमा ल्याउने र यस यात्रालाई निरन्तरता दिदै जाने कुराको जानकारी गराए ।
बैङ्कले मुलुकभर गरी १ सय ९२ शाखा कार्यालयहरु, १ सय ९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा ब्रान्चलेस बैंकिङ मार्पmत् बैकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो संजाल भएको बैंक हुन सफल भएको छ ।
बैंकको वासलातको आकार रू १ खर्ब ५४ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रू १ सय ६ अर्ब र कुल निक्षेप करिब रू १ सय ३० अर्ब पुगीसकेको छ ।