नेपालमा एस्काभेटर माग बढ्नुमा पूर्वाधार विकासमा सरकारले लिएको प्रगतिशील कदम नै हो । साथै, पारम्परिक हेभी इक्विपमेन्ट मेसिन ब्याकहो लोडरबाट निर्माण व्यवसायीको ध्यान अब एस्काभेटरमा तानिनु पनि अर्को कारण हो । यसको कारण आयोजनाको आकार ठूलो हुनु र एस्काभेटरबाट अझ धेरै उत्पादकत्व बढ्छ भन्ने चेतना फैलनु रहेको छ ।
नेपालमा पूर्वधार तथा राष्ट्रिय गैरवका आयोजनाले तीव्रता पाएसँगै एस्काभेटरको आयात पनि बढ्दै गएको छ । गत आर्थिक वर्ष ०७३/७४ को तुलनामा चालू आवको अन्त्यतिर यो सङ्ख्या दोब्बर हुने देखिएको छ । चालू अावकाे मङ्सिरसम्म एस्काभेटर एक हजार ४१ ओटा आयात भएका छन् ।
आर्थिक वर्ष २०७३/७४ को तुलनामा चालू आर्थिक वर्षमा एस्काभेटरको माग उल्लेख्य रुपमा बढेको छ । विशेषगरी, भौतिक पूर्वाधार निर्माणमा आएको तीव्रता नै यसको कारण हो । राष्ट्रिय गौरवका आयोजना जलविद्युत्, सडक तथा राजमार्ग निर्माणले पनि अर्थमुभिङ र निर्माण उपकरणको बजारलाई विस्तार गरेको हो ।
भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७१/७२ बाट देखिएको यो वृद्धि २०७३/७४ को अन्त्यसम्म आइपुग्दा पाँच गुणाले बढेको छ । २०७१/७२ मा नेपालमा २ सय ५८ ओटा एस्काभेटर आयात भएका थिए, जुन २०७३/७४ मा बढेर १ हजार ६ सय ७१ पुगेको थियो । त्यसैगरी चालू आर्थिक वर्षको मङ्सिरसम्म १ हजार ४१ वटा एस्काभेटर नेपाल भित्रिइसकेको विभागको तथ्याङ्क छ ।
एस्काभेटर विशेषगरी निर्माण र उत्खनन कार्यमा प्रयोग हुने हेभी इक्विपमेन्ट हो । यसलाई सडक, सिँचाइ, राजमार्ग, खानी, रियल स्टेट, सहरी विकासलगायतका क्षेत्रमा प्रयोग गरिन्छ । विभिन्न यन्त्रहरूजडित एस्काभेटर खन्ने कार्य, ड्रिलिङ र अनावश्यक संरचना भत्काउनेलगायतका काममा प्रयोग भइरहेका छन् । बुम, डिपर र बकेट एस्काभेटरका मुख्य अंश हुन्, जुन ट्र्याक वा ह्विलको मद्दतले यताउता दौडिने गर्छन् । यसमा रहेका हाइड्रोलिक पम्प र सिलिन्डरले ‘एस्काभेसन’ गर्ने गर्छन् ।
नेपालमा निर्माण उपकरण विशेषगरी ब्याकहो लोडरको तुलनामा एस्काभेटरको माग बढ्दो छ । एमएडब्लु अर्थमुभर्सका सेल्स एन्ड मार्केटिङ हेड दीपकराज गिरीले भने, ‘आगामी वर्षमा यो सङ्ख्या अझै बढी प्रतिशतले वृद्धि हुने अपेक्षा हामीले लिएका छौं ।’
उनका अनुसार १४–२२ टन क्लास मेसिनको माग सबैभन्दा बढी छ । उनले मिनी एस्काभेटर सेग्मेन्टको बजार पनि विगत तुलनामा निकै बढेको बताए । ‘जेसीबीका ट्र्याक्ड एस्काभेटरको माग बढेको हामीले पाएका छौं । जेसीबीसँग ३ टनदेखि ३८ टनसम्मको एस्काभेटरको कम्प्लिट रेन्ज उपलब्ध छ । पफर्मेन्स, सेफ्टी, इफिसिएन्सी र रिलायबिलिटी जेसीबीका मेसिनको विशेषता हुन्,’ उनले भने ।
भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ मा ७३९ वटा एस्काभेटर नेपाल भित्रिएका थिए, जुन आर्थिक वर्ष २०७३/७४ मा बढेर १६७१ वटा पुगेको थियो । नेपालमा सबैभन्दा बढी क्षमताको ३८० टनको एस्काभेटर उपलब्ध छ ।नेपालमा हाल भोल्भो, जेसीबी, क्याट, हुन्डाइ, कोमात्सु, केसलगायत एस्काभेटर सञ्चालनमा छन् ।
नयाँ उत्पादनमा वृद्धि
पछिल्ला वर्षहरुमा मध्यम क्षमताका एस्काभेटरको माग बढी थियो । नेपालमा र कम्पनीको ध्यान पनि यस्तै साना मेसिनमा मात्र थियो । तर अहिले प्रायः सबैजसो कम्पनीले साना र ठूला क्षमताका मेसिन भित्र्याएका छन् । जेसीबीले भर्खरै मात्र ३ टन, ३० टन र ३८ टनका मेसिन भित्र्याएको थियो । ‘हामीसँग भर्खरै मात्र ग्राहकको मागलाई ध्यानमा राखेर केही मोडेलहरु नेपाल ल्याएका छौं । अब हामीसँग ६, ८०, एक सय २०, १ सय ४०, दुई सय पाँच, दुई सय २०, तीन सय पाँच र तीन सय ८० टनका मेसिन छन् । यो कम्प्लिट रेन्ज हो,’ एमएडब्लु अर्थमुभर्सका गिरीले भने, ‘यी मेसिनले समान खर्चमा उच्च उत्पादकत्व दिने कुरा भारतीय बजारमा प्रमाणित भइसकेको छ ।’
बढ्दो मागको कारण
नेपालमा एस्काभेटर माग बढ्नुमा पूर्वाधार विकासमा सरकारले लिएको प्रगतिशील कदम नै हो । साथै, पारम्परिक हेभी इक्विपमेन्ट मेसिन ब्याकहो लोडरबाट निर्माण व्यवसायीको ध्यान अब एस्काभेटरमा तानिनु पनि अर्को कारण हो । यसको कारण आयोजनाको आकार ठूलो हुनु र एस्काभेटरबाट अझ धेरै उत्पादकत्व बढ्छ भन्ने चेतना फैलनु रहेको छ ।
जेसीबीका डिजिएम गिरी यसमा दुईवटा नयाँ ट्रेन्ड ख्याल गर्नुपर्ने बताउँछन् । पहिलो सरकारको महत्त्वकाङ्क्षी पूर्वाधार योजना र दोस्रो नेपाली निर्माण व्यवसायीहरुको फेरिएको रोजाइ । ‘पहिले चलाउन सजिलो र छरितो भएका कारण ब्याकहो लोडरलाई रुचाइन्थ्यो,’ गिरीले भने, ‘तर अहिले बजार वयस्क हुन थालेको छ र परियोजनाहरु ठूला हुन थालेका छन् जसका कारण ग्राहकहरु उत्पादकत्व र सहजतालाई ध्यानमा राखेर एस्काभेटर रुचाउन थालेका छन् ।’
उनका अनुसार जेसीबीले यो वर्ष मात्रै ४ सय १९ वटा एस्काभेटर विक्री गरेको थियो, जसमध्ये दुई सय ५० भन्दा बढी २२ टनको जेसीबी एलसी एक्स्ट्रा छन् ।
ग्राहककेन्द्रित बजार
जब परियोजना ठूलो हुन्छ, अन्य मेसिनभन्दा एस्काभेटर बढी उत्पादक सावत हुन्छ । मेसिन किन्दा निर्माण व्यवसायी उत्पादकत्व, विश्वसनीयता, सुरक्षा, अपरेटरको सुविधा र ममर्त खर्चलगायतका पक्षको विश्लेषण गर्ने गिरी बताउँछन् ।
‘जेसीबीका मेसिनबाट अन्य ब्रान्डका मेसिनले भन्दा ७ प्रतिशत बढी उत्पादकत्व दिने र ८ प्रतिशत कम इन्धन खपत गर्छ । साथै हाम्रो सञ्जाल नेपालभर फैलिएको छ । हाम्रा १२ वटा शाखा, पाँच वटा रिसेलर, सात वटा आधिकारिक विक्री केन्द्र र १३ रेसिडेन्ट इन्जिनियर छन्’, गिरीले भने ।