मङ्गलबार एक समारोहबीच गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल तथा एनआईसी एसियाका सञ्चालक राजेन्द्रप्रसाद अर्यालले संयुक्तरुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।
एनआईसी एसिया बैङ्कको नयाँ शाखा गैंडाकोट नगरपालिका, काङ्ग्रेस चोकमा खुलेको छ । मङ्गलबार एक समारोहबीच गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल तथा एनआईसी एसियाका सञ्चालक राजेन्द्रप्रसाद अर्यालले संयुक्तरुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पौडेलले बैङ्किङ सेवा नपुगेको उक्त क्षेत्रमा बसोबास गर्ने व्यापारी, व्यवसायी, स्थानीय सर्वसाधारण तथा कर्मचारीसमेतलाई एनआईसी एसिया बैङ्कको यस शाखाले लाभ पुग्ने बताए । कार्यक्रममा बैङ्कका सञ्चालक अर्यालले बैङकले आम सर्वसाधारणको हितप्रति समर्पित रही आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने बताए ।
एनआईसी एसियाका हाल मुलुकभर एक सय ९२ शाखा, एक सय ९५ एटीएम, चारओटा एक्स्टेन्सन काउन्टर र चारओटा शाखारहित बैङ्किङ् सेवा सञ्चालनमा छन् ।
एनआईसि एसिया बैङ्क वासलातको आकार रू १ सय ५५ अर्ब भन्दा वढि पुगेको र बैङकको कुल कर्जा करिब रू एक सय सात अर्ब र कुल निक्षेप करिब रू १ सय ३१ अर्ब पुगको संचालक अर्यालको भनाई छ । साथै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैङ्क मध्ये अग्रणी स्थानमा पनि जानकारी दिए ।