साङ्ग्रिला डेभलपमेन्ट बैङ्कको हकप्रद सेयर बाँडफाँट

आवेदन परेकामध्ये कट अफ रेट (पर रेट) संस्थापक समूहतर्पm १ सय ५ तथा सर्वसाधारण समूहतर्पm १ सय ४२ रुपैयाँभन्दा बढीको दरमा प्राप्त भएका बोलपत्रलाई दरखास्त भए जति सबै कित्ता सेयर बाँडफाँट गरिएको छ ।

साङ्ग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेडको संस्थापक समूहको ३,९२,७७२.५० कित्ता तथा सर्वसाधारण समूहको ५,०९,२२५.०० गरी जम्मा ९,०१,९९७.५० कित्ता हकप्रद सेयर लिलाम विक्रीको टाँडफाँट गरिएको छ ।

आवेदन परेकामध्ये कट अफ रेट (पर रेट) संस्थापक समूहतर्पm १ सय ५ तथा सर्वसाधारण समूहतर्पm १ सय ४२ रुपैयाँभन्दा बढीको दरमा प्राप्त भएका बोलपत्रलाई दरखास्त भए जति सबै कित्ता सेयर बाँडफाँट गरिएको छ । बाँकी रहेको संस्थापक समूहतर्पm १ सय ५ रुपैयाँ प्रस्ताव गर्ने बोलपत्रदातालाई ५४.२२ प्रतिशतले तथा सर्वसाधारण समूहतर्पm १ सय ४२ रुपैयाँ प्रस्ताव गर्ने बोलपत्रदातालाई १६.१० प्रतिशतले दामासाही ९एचय च्बतभ०मा बाँडफाँट गरिएको छ ।

यसरी बाँडफाँट भएका संस्थापक समूहतर्पm ५७ जना आवेदकबाट प्राप्त ३,९२,७७२.५० कित्ता सेयरबापत ४ करोड २० लाख ५५ हजार ४ सय एक तथा सर्वसाधारण समूहतर्पm ३ सय ५३ जना आवेदकबाट प्राप्त ५,०९,२२५.०० कित्ता सेयरबापत ७ करोड ४७ लाख ९२ हजार २८ रुपैयाँ २० पैसा गरी जम्मा ११ करोड ६८ लाख ४७ हजार ४ सय २९ रुपैयाँ २० पैसामध्ये संस्थापक समूहतर्पmको २७ लाख ७८ हजार १ सय ५१ तथा सर्वसाधारण समूहको २ करोड ३८ लाख ,६९ हजार ५ सय २८ रुपैयाँ २० पैसा गरी जम्मा २ करोड ६६ लाख ४७ हजार ६ सय ७९ रुपैयाँ २० पैसा सेयर प्रिमियम खातामा जम्मा हुने बैङ्कले बताएको छ ।

सेयर बाँडफाँटपश्चात् बैङ्कको सेयर पूँजी २ अर्ब ५० करोड पुगेको जनाइएको छ ।