कर्जा सम्झौता समारोहमा एनआईसीका तर्फबाट कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा आईएफसीका तर्फबाट उक्त संस्थाका आवासीय प्रतिनिधि रोहन रशिदको सहभागिता थियो ।
एनआईसी एसिया बैङ्क र आईएफसीबीच दीर्घकालीन कर्जा लिनेदिने सम्झौता भएकोे छ । कर्जा सम्झौता समारोहमा एनआईसीका तर्फबाट कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा आईएफसीका तर्फबाट उक्त संस्थाका आवासीय प्रतिनिधि रोहन रशिदको सहभागिता थियो । उक्त दीर्घकालीन कर्जा सापट लिन बैङ्कले नियमनकारी निकाय नेपाल राष्ट्र बैङ्कबाट स्वीकृतिका लागि आवेदन गरिसकेको छ ।
अहिले देशमा तरलताको अभाव तथा शोधनान्तर खातामा परेको उच्च चाप जस्ता कारणहरुले स्वदेशी बजारबाट मात्र कर्जाको माग पूर्ति गर्न सकिने अवस्था छैन । त्यसैले पर्याप्त स्रोत परिचालन गरी सरकारले निर्दिष्ट गरेको आर्थिक वृद्धि हासिल गर्न चाहिने कर्जाको मागलाई पूर्ति गर्न बैङ्कले अन्तर्राष्ट्रिय बैङ्क तथा वित्तीय संस्थाबाट दीर्घकालीन कर्जा लिन यो पहल गरेको बताएको छ ।
उक्त कर्जावापत प्राप्त हुने रकम बैङ्क, आईएफसी तथा नियमनकारी निकाय नेपाल राष्ट्र बैङ्कले तोकेको क्षेत्रमा लगानी गर्ने जानकारी दिएको छ ।