माछापुच्छ्रेले ९ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश दिने

माछापुच्छ्रे बैङ्क लिमिटेडको अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले बैङ्कको आर्थिक बर्ष २०७३÷७४ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैङकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको ९ प्रतिशत वोनस शेयर तथा ६ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । साथै, उक्त साधारण सभाले आगामी ३ वर्षको लागि जे.पी. राजवाहक एन्ड कम्पनीलाई बाह्य लेखापरीक्षक नियुक्ती गर्ने निर्णय पनि गरेको छ ।

हाल बैङकको चुक्ता पूँजी रु ७ अर्व ३९ करोड रहेकोमा उक्त साधारण सभाले पारित गरे बमोजिम बोनस शेयर जारी गर्दा बैकको चुक्ता पूँजी रु ८ अर्व ५ करोड पुग्नेछ । बैङकले सोही अवसरमा नयाँ बजार, पोखरा स्थित नयाँ एटीएम काउण्टरको समेत उद्घाटन गरेको छ ।

बैङकले आ.व. २०७४÷७५ को पहिलो त्रैमास सम्ममा रु. २८ करोड ९ लाख खुद मुनाफा आर्जन गरेको छ । २०७४ असोज मसान्त सम्ममा रु ६० अर्व ३० करोड निक्षेप परिचालन गरी रु. ५४ अर्व ४२ करोड कर्जा प्रवाह गरेको छ ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु , ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ७ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ७३ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर ८४ वटा एटीएमहरु संचालनमा रहेको छ ।