एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा खनिया

एन आई सी एशिया बैंक लिमिटेडले बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने नयाँ सञ्चाकलहरु मनोनित गरेको छ । नयाँ सञ्चालक समितिमा अर्जुनराज खनियालाई सञ्चालक समितिको अध्यक्षमा मनोनित गरिएको छ । खनियालाई नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

खनिया एन आई सी एशिया बैंकको मुख्य जनसम्पर्क अधिकृतको रुपमा कार्यरत थिए । उनले बैंकको योजना तथा रणनीति तर्जुमा एवं कार्यान्वयनमा अत्यन्त कुशल भूमिका निर्वाह गर्दै आएका थिए । भेरी अञ्चलको जाजरकोट खलंगामा केन्द्रिय कार्यालय स्थापना गरि मिति २०७४ मंसिर १२ गते देखि सञ्चालनमा आएको लघुवित्त वित्तिय संस्थामा बैंकको तर्फबाट मनोनित अन्य सञ्चालकहरुमा दिनेश भारी, विशाल सिग्देल, तेज राज तिमिल्सिना र पदम ठकुल्ला रहेका छन् ।