माछापुच्छ्रे बैंकले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मालाई नियुक्त गरेको छ । बैंकको सञ्चालक समितिले बिहिबार शर्मालाई सिइओमा नियुक्त गरेको हो ।
माछापुच्छ्रे बैंकबाट डेपुटी सिइओबाट राजिनामा गरि ग्लोबल बैंक पुगेका शर्मा बैंकको नेतृत्व सम्हाल्ने गरि माछापुच्छ्रे फर्किएका हुन् । गत फागुनमा निरज श्रेष्ठले सिइओबाट राजिनामा दिएपछि माछापुच्छ्रे मा सिइओको पद रिक्त थियो ।
माछापुच्छ्रे बेंकले शर्मालाई ४ बर्षका लागि सिइओ नियुक्त गरेको हो । निरज श्रेष्ठले राजिनामा गर्नवित्तिकै शर्मा सिइओ भएर माछापुच्छ्रे चर्चा चलेको थियो । शर्मालाई ग्लोबल बैंकमा नै राख्नका लागि व्यवस्थापनले सिइओको अधिकार डेपुटी सिइओमा अख्तियार गरेको थियो । शर्माको बैंकमा २१ बर्षको अनुभव रहेको छ । उनले नेपाल एसबिआई बैंकबाट बैंकिङ करिअर सुरु गरेका थिए ।