मेलम्चीमा ७० करोड रुपैयाँ अनियमितता

मेलम्ची खानेपानी विकास समितिले एक अर्ब ७४ लाख रुपैयाँमात्र खर्च गर्न पाउने ठाउँमा एक अर्ब ७० करोड ७४ लाख रुपैयाँ खर्च गरेको महालेखाले सार्वजनिक गरेको ५५ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ । सम्झौताको उपदफा १३.५अनुसार सम्झौता रकमको १५ प्रतिशतले हुने एक अर्ब ७४ लाखसम्म कन्टिन्जेन्सी बापत खर्च गर्न पाउने व्यवस्था रहेकोमा भेरिएशनमा १० करोड ३२ लाख रुपैयाँ, मूल्य समायोजनमा ३७ करोड ३८ लाख, दाबी भुक्तानी एक अर्ब पाँच करोड ६६ लाख, डिस्पुट बोर्ड सोधभर्ना चार करोड ३८लाख र हेडवक्र्समा १३ करोड समेत गरी एक अर्ब ७० करोड ७४ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

मेलम्ची खानेपानी आयोजनामा नियम विपरित आयोजनालाई थप व्यवभार पर्ने गरी ७० करोड रुपैयाँ बढि भुक्तानी दिएर अनियमितता गरेको पाइएको छ । शुक्रबार सुरुङ ब्रेक थू्र भएको उक्त आयोजनामा सम्झौताको सर्तभन्दा ७० करोड रुपैयाँ बढि भुक्तानी दिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

मेलम्ची खानेपानी विकास समितिले एक अर्ब ७४ लाख रुपैयाँमात्र खर्च गर्न पाउने ठाउँमा एक अर्ब ७० करोड ७४ लाख रुपैयाँ खर्च गरेको महालेखाले बिहीवार सार्वजनिक गरेको ५५ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ । सम्झौताको उपदफा १३.५अनुसार सम्झौता रकमको १५ प्रतिशतले हुने एक अर्ब ७४ लाखसम्म कन्टिन्जेन्सी बापत खर्च गर्न पाउने व्यवस्था रहेकोमा भेरिएशनमा १० करोड ३२ लाख रुपैयाँ, मूल्य समायोजनमा ३७ करोड ३८ लाख, दाबी भुक्तानी एक अर्ब पाँच करोड ६६ लाख, डिस्पुट बोर्ड सोधभर्ना चार करोड ३८लाख र हेडवक्र्समा १३ करोड समेत गरी एक अर्ब ७० करोड ७४ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

आयोजनाको हेडवक्र्स लगायतका संरचना निर्माण गर्न एक निर्माण व्यवसायीसँग भएको सम्झौता रद्द गरी सात अर्ब ७२ करोड ३५ लाख कबोल अंक रहेकोमा अर्को निर्माण व्यवसायीसँग सम्झौता गरेको थियो । ठेकदार र सरकारी अधिकारीको मिलेमतोमा ठेकेदार कम्पनीले अतिरिक्त भुक्तानी लगेको हो । सुरुङ मार्गमा इटालियन कम्पनी कोअपेरटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सिएमसी)ले काम गर्दै आएको छ ।

वित्तीय संकट भएको बहाना देखाएर अतिरिक्त भुक्तानी लगेर मुलुकलाई करोडौं रुपैयाँ व्यवभार पारेको हो । मेलम्ची खानेपानी विकास समिति, खानेपानी तथा सरसफाइ मन्त्रालयका उच्च अधिकारीसमेतको चलखेलमा निर्माण कम्पनीलाई उपकरणलगायत समान किन्न वित्तीय संकट भएको बहाना देखाएर भुक्तानी दिँदै आएका थिए ।

टनेल र हेडवक्र्स निर्माण सात अर्ब ७२ करोड रुपैयाँको परियोजना हो । मेलम्चीको २७.४ किलोमिटर टनेल ब्रेक थ्रू भएको आयोजनाले जनाएको छ । सन् २०१३ जुलाईमा सुरु भएको सो आयोजना निर्धारित समयमा सम्पन्न नभएपछि २६ मार्च २०१८ सम्मका लम्बाएको छ । दुई खण्डमा विभाजन गरेर काम भइरहेको छ । मेलम्ची आयोजनाबाट १७ करोड लिटर पानी काठमाडौं ल्याएर यहाँका जनतालाई सहज रुपमा पिउने पानी उपलब्ध गराउने सरकारी योजना हो ।