विराटनगरमा चारतारे बिग होटलको शनिबार साँझ उद्घाटन गर्दै उनले छिमेकी भारतमा यहाँको हिमाली पदयात्रालगायत धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नसकेमा यस क्षेत्रमा पर्यटकको कुनै कमी नहुने बताए ।
पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले भारतसँगको व्यापार घाटा कम गर्न पर्यटन उद्योगले सघाउन पुर्याउने बताएका छन् । विराटनगरमा चारतारे बिग होटलको शनिबार साँझ उद्घाटन गर्दै उनले छिमेकी भारतमा यहाँको हिमाली पदयात्रालगायत धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नसकेमा यस क्षेत्रमा पर्यटकको कुनै कमी नहुने बताए ।
विराटनगर–जोगवनी रोडमा अवस्थित आठ कट्ठा १० धुर जग्गामा ३० करोड रूपैयाँको लागतमा निर्मित उक्त होटलमा ५३ अाेटा वातानुकूलित कोठा छन् । छ तल्ले होटलमा स्विमिङपुल, दुई अाेटा लिफ्ट र पर्यटकको चाहनाअनुसार तीन अाेटा स्विट कोठाको समेत व्यवस्था गरिएको छ । पर्यटकको बसाइलाई सहज बनाउन होटल निर्माण गरिएको होटलका निर्देशक वीरेन्द्र न्यौपानेले बताए ।
निर्माण व्यवसाय, कृषि तथा जलविद्युत् क्षेत्रमा कार्य गरिसकेका अवस्थामा प्रदेश १ को मागअनुसार स्तरीय होटल सञ्चालनमा ल्याएका अर्का सचालक रुपमणि राजभण्डारीले बताए ।
होटलमा आगामी दिनमा भारतीय पर्यटकको आकर्षणका लागि मिनी जुवा घर सञ्चालनमा ल्याउनुका साथै थप एक सेमिनार हलको निर्माण गर्ने निर्देशक न्यौपानेले बताए । रासस