एनआईसी एसिया बैङ्कको कार्ड प्रयोगमा वर्षभरि छुट

नयाँ वर्षको उपलक्ष्यमा बैङ्कको आफ्नो डेबिट एवम् क्रेडिट कार्डमार्फत् बैङ्कले निश्चित गरेका विभिन्न हस्पिटल, फार्मेसी, होटल एवम् रेस्टुरेन्ट, बुटिक एवम् क्लोथिङ स्टोरहरुमा सेवा÷वस्तु खरिद वापतको रकम भुक्तानी गर्दा खरिद मूल्यको ५ देखी ५० प्रतिशतसम्म छुटको सुविधा उपलब्ध गराउने भएको हो ।

एनआईसी एसिया बैङ्कले कार्ड प्रयोगमा छुट दिने भएको छ ।

नयाँ वर्षको उपलक्ष्यमा बैङ्कको आफ्नो डेबिट एवम् क्रेडिट कार्डमार्फत् बैङ्कले निश्चित गरेका विभिन्न हस्पिटल, फार्मेसी, होटल एवम् रेस्टुरेन्ट, बुटिक एवम् क्लोथिङ स्टोरहरुमा सेवा÷वस्तु खरिद वापतको रकम भुक्तानी गर्दा खरिद मूल्यको ५ देखी ५० प्रतिशतसम्म छुटको सुविधा उपलब्ध गराउने भएको हो ।

२०७५ साल वैशाख १ देखि २०७५ साल चैत्र ३० गतेसम्म उपलब्ध हुने यस सुविधाबाट ग्राहकलाई अत्यधिक लाभ पुग्ने बैङ्कले विश्वास लिएको छ । हाल यो सुविधा मुलुकका ३० ओटाभन्दा बढी संस्था तथा व्यापारिक केन्द्रहरुमा उपलब्ध हुनेछ भने निकट भविष्यमा यो सेवा विस्तार हुने बैङ्कले जनाएको छ ।