शिखरको सञ्चालकबाट बाहिरिए आङछिरिङ शेर्पा

शिखर इन्स्योरेन्सका कम्पनीका सञ्चालक आङछिरिङ शेर्पाले राजीनामा दिएका छन् । मङ्गलबार कम्पनीको सञ्चालक समितिले उनको राजीनमा स्वीकृत गरेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले उनले राजीनामा दिएको उल्लेख गरेको छ । शिखरका संस्थापक छिरिङसँग कम्पनीमा ८ प्रतिशत सेयर छ । शेर्पा यती/तारा एयरलाइन्सका प्रबन्ध सञ्चालकसमेत हुन् ।