मञ्जुश्रीमा निरौलाकै निरन्तरता, बेस्टमा थपलियाले पाए कामु

फाइनान्सको शुक्रबार बसेको सञ्चालक समिति बैठकले निरौलालाई अर्को ४ वर्ष कार्यकालका लागि नियुक्त गरेको हो ।

मन्जुश्री फाइनान्सले वर्तमान प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौलालाई नै निरन्तरता दिएको छ ।

फाइनान्सको शुक्रबार बसेको सञ्चालक समिति बैठकले निरौलालाई अर्को ४ वर्ष कार्यकालका लागि नियुक्त गरेको हो । उनको दोस्रो कार्यकाल आगामी कात्तिक २२ गतेदेखि सुरु हुनेछ । उनी यसअघि पनि सोही संस्थामा प्रमुख कार्यकारीका रुपमा क्रियाशील थिए ।

उता, बेस्ट फाइनान्समा भने उद्धवराज थपलियालाई नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ । फाइनान्सको शुक्रबारै बसेको सञ्चालक समितिको बैठकले वर्तमान प्रमुख कार्यकारी अधिकृत महेश्वर पहारीले दिएको राजीनामा स्वीकृत गर्दै थपलियालाई नायव प्रमुख कार्यकारीसहित कायममुकायम प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो ।