आइएमई जनरल इन्स्योरेन्सको शाखा मन्थलीमा

बैशाख ९ गतेदेखि सञ्चालनमा आएको शाखाको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्याम थापाले गरेका हुन् ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको ३४औं शाखा रामेछाप जिल्लाको मन्थलीमा खुलेको छ । यही बैशाख ९ गतेदेखि सञ्चालनमा आएको शाखाको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्याम थापाले गरेका हुन् ।

उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कर्याकारी अधिकृत श्रेष्ठले कम्पनीले छोटो समयमानै आफ्नो साख स्थापित गर्न सफल भएको बताए । सो अवसरमा उनले बिमा क्षेत्रको विकास र विस्तारको लागि सात ओटै प्रदेशका विभिन्न भागमा आफ्नो उपस्थिति जनाई लघुबिमा लगायत सम्पूर्ण निर्जीवन बिमा सेवा सहज रुपमा प्रदान गरी आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई अग्रणी बिमा कम्पनीको रुपमा स्थापित गर्ने बताए ।

सोही कार्यक्रममा उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्याम थापालगायत स्थानीय उद्योगी तथा व्यावसायीहरुले कम्पनीले स्थानीयस्तरमा सेवा प्रदान गर्न रामेछापको मन्थलीमा शाखा विस्तार गरी बीमा सेवा प्रदान गरेकोमा कम्पनीलाई धन्यवाद दिँदै उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।