हाम्रो आर्थिक उपकरण (टुलकिट) पुरानो छ

दुई शताब्दी या त्यसभन्दा पहिला बेन्जामिन फ्रेङ्कलिनको संसारमा मृत्यु र कर यी दुई चिज मात्र निश्चित हुन सक्थे– आज, केवल मृत्यु मात्र निर्विवाद बनेको छ । डिजिटल अर्थव्यवस्थाको उदयसँगै धेरैभन्दा धेरै आर्थिक मूल्य अमूर्त कुराहरु जस्तै– डिजिटल प्लेटफर्म, सोसल मिडिया अथवा साझा अर्थव्यवस्थाबाट एकत्रित डाटाबाट उत्पन्न भएका छन् ।

अमेरिका–चीन व्यापार युद्धको खतराभन्दा पहिले, सेयर बजार तथा कर्पोरेट नाफामा भएको वृद्धिले यस तथ्यलाई अस्पष्ट बनाएको थियो कि विश्व आर्थिक प्रणाली अस्तित्वको तनावमा छ । वैश्विक वित्तीय स्थिरतामा अझै धेरै सन्देह छन् । वास्तवमा, वासिङटन डीसीमा आईएमएफरविश्व बैङ्कको वार्षिक शरद्कालीन सम्मेलनमा विश्वका आर्थिक नेताहरु एकत्रित भएका कारण, प्राविधिक परिवर्तनको गति तथा बढ्दो असमानताको पूरै प्रणालीको फेददेखि टुप्पोसम्म संशोधनको बुलन्द आवाजलाई थप ऊर्जा दिएको छ ।

सरकारका लागि यी बढ्दा दबावको सामना गर्न सरकारले महत्त्वपूर्ण नीतिगत उपकरणहरुको पुनर्विचार गर्नुपर्छ जसमाथि उनीहरुले एक शताब्दीदेखि राम्रो होला भनेर भरोसा राखेका छन् – पहिलो सुरुआत तथा सबैभन्दा महत्त्वपूर्ण करप्रणालीबाट ।
दुई शताब्दी या त्यसभन्दा पहिला बेन्जामिन फ्रेङ्कलिनको संसारमा मृत्यु र कर यी दुई चिज मात्र निश्चित हुन सक्थे– आज, केवल मृत्यु मात्र निर्विवाद बनेको छ । डिजिटल अर्थव्यवस्थाको उदयसँगै धेरैभन्दा धेरै आर्थिक मूल्य अमूर्त कुराहरु जस्तै– डिजिटल प्लेटफर्म, सोसल मिडिया अथवा साझा अर्थव्यवस्थाबाट एकत्रित डाटाबाट उत्पन्न भएका छन् । किनकि कम्पनीका मुख्यालयहरु आजकल देशका विभिन्न भागमा आरामले स्थानान्तरण गर्न सकिन्छ, सरकारलाई कर बढाउन सधैं गाह्रो भइरहेछ । यो सँगसँगै वैश्वीकरण तथा डिजिटल प्रविधिको युगमा पछि परेका मानिसहरुको माग पूरा गर्न सार्वजनिक खर्चमा वृद्धि गर्नुपर्नेछ ।

नयाँ उद्योगहरुले उत्पादन क्षमता बढाउनेछन्, तथा निश्चित रूपले, सरकारी कोष भर्ने छन् भन्ने आशामा कानुन निर्माताहरुले धेरैजसो नवीनतम उद्योगहरुलाई संरक्षण गर्ने माग गरेका छन् । किनभने डिजिटल सेवा प्रदाताहरुले कर तिर्नुबाहेक अन्य क्षेत्रमा निकै ठूलो प्रगति गरेका छन् । त्यो परिवर्तन हुन सक्छ । अहिलेलाई ट्याक्स फर्महरुको ध्यान एउटा कुराले तानेको छ,–फरकफरक किसिमले डिजिटल सेवाको प्रयोग गर्न अफर दिने जसले गर्दा उनीहरुको अमूर्त मूल्यले पनि त्यही करको उपचार पाउँछन् जुन कलकारखाना तथा परम्परागत सेवा प्रदायकहरुले उत्पादन गरेका मूर्त मूल्यले पाउँछन् ।

तर, ट्याक्सेसन अति व्यापक परिवर्तनको अगुवाइमा हुन सक्छ, डिजिटल अर्थव्यवस्थासम्म मात्रै सीमित हुन्न । आजभोलिको व्यवसायसँग उनीहरुको ब्यालेन्स सिट्सभन्दा समाजमा बढी योगदान दिने आशा गरिएको हुन्छ, फर्मको सामाजिक पदचिह्नमा आंशिक रूपले कर्पोरेट ट्याक्सेसनको आधारका लागि त्यहाँ एउटा नयाँ प्रोत्साहन हुन्छ । उदाहरणका लागि, कुनै कम्पनीको पर्यावरणीय व्यस्थापन अथवा उसका कर्मचारीहरुको सङ्ख्याका आधारमा सरकारले करको दर समायोजन गर्न सक्छ ।

श्रमरहित आर्थिक प्रतिफलहरुको मन्दीको भरपाई गर्न रोबोट तथा अन्य सम्बन्धित प्रविधिमा कर लगाउनु एउटा अर्को उपाय हो । कुनै पनि विषयमा, करको आधार बढाउन अर्थव्यवस्थामा मूल्य मापनका लागि नयाँ तरिकाहरुको आवश्यकता हुनेछ ।
आजका प्रविधि दिग्गजहरुलाई कसरी ट्याक्स लगाउने भन्ने बहसभन्दा पर, पश्चिमी अर्थव्यवस्थाहरुले यसखाले आधारभूत प्रश्नको सामना बढी गर्छन् कि, बजार अझै पनि संसाधनहरु वितरण गर्ने सबैभन्दा प्रभावशाली तरिका हो कि होइन । धेरै अर्थमा, आजको परिवर्तनीय प्रविधिहरुले त्यस आधारलाई चुनौती दिइरहेका छन् ।

उदाहरणका लागि, आधुनिक डाटा विज्ञान यति उन्नत हुँदैछ कि हालको उपभोक्ता डाटाद्वारा सञ्चालित एल्गोरिदमले क्रय गर्ने कुशल निर्णय लिने कार्य छिट्टै पूरा गर्न सक्छ । त्यसो हो भने, प्रश्न यो हुनेछ कि केही वस्तु तथा सेवा उपलब्ध गराउन बजार या एल्गोरिदमिक ज्ञानले परिपूर्ण राज्य अझ राम्रो हुनेछ ।

डाटाले पनि हाम्रो आर्थिक चेतनालाई अन्य प्रकारले प्रभावित गरिरहेको छ । एउटा कुराका लागि, उपभोक्ताहरुलाई आफ्नो व्यक्तिगत जानकारीद्वारा डिजिटल सेवाबाट हुने लाभको सीमा थाहा हुन थालेको छ । कृत्रिम ज्ञान, यान्त्रिक सिकाइ तथा यस्तै किसिमका प्रविधिहरुका लागि पनि डाटाहरु स्रोत हुन् जसमा बढीभन्दा बढी आर्थिक प्रभाव हुनेछ । यसरी, हामी एउटा त्यस्तो सङ्क्रमण बिन्दुमा पुग्न सक्छौं जहाँ उपभोक्ताले आफ्नो डाटाका लागि पैसा माग्न थाल्छन् ।

ठूलो डाटाले पनि वित्तीय क्षेत्रका अधिकांशलाई बाधा गर्नेछ । उदाहरणका लागि, आजका बिमा उद्योग जानकारी विषमता तथा जोखिमको पारस्परिकीकरणमा बनाइएका छन् । जसो–जसो हामी निकटतम पूर्णजानकारीको इकोसिस्टमको नजिक पुग्छौं, यथार्थ मूल्य निर्धारण जोखिमका उपकरणहरु तीव्र गतिले शक्तिशाली बन्नेछन् ।

अन्त्यमा, आजको आर्थिक परिवर्तनले आर्थिक उत्पादन तथा कल्याण अथवा खुसीबीच सम्बन्धहरुको स्वस्थ चर्चालाई प्रेरित गरेको छ । हो अवश्य, असल जीवनयापनलाई राम्ररी मापन गर्नु कठिन छ, त्यसकारण कसैले यो तर्क दिन सक्ला कि हामीलाई खराब बनाउने कारणहरुको पहिचान गरी यस विषयमा अर्को किसिमले प्रवेश गर्नु श्रेयस्कर हुन्छ । यो वार्षिक ब्लुमबर्ग मिजरी इन्डेक्सको विचार हो, जसले मुद्रास्फीति तथा बेरोजगारी मापन गर्छ, यस धारणामा कि दुवैले समाजका लागि आर्थिक मूल्य उत्पादन गर्छन् ।

सन् २०१८ का सबैभन्दा खराब अर्थव्यवस्था ।

ब्लुमबर्गको दृष्टिकोणले एक्काइसौं शताब्दीमा अर्थव्यवस्थालाई हामीले कसरी मापन गर्नुपर्छ भन्ने मुख्य प्रश्न उठाउँछ । सन् १९३० को दशकमा अर्थशास्त्री साइमन कुजनेट्सले कुल राष्ट्रिय उत्पादनलाई कुनै समयावधिमा वस्तु तथा सेवालाई अर्थव्यवस्थाको आउटपुटको सङ्केतकका रूपमा पहिचान गरे । अब, कुल राष्ट्रिय उत्पादनलाई – सकल घरेलु उत्पादन या जीडीपीसँगै विश्वभरिको राष्ट्रिय कल्याणको वास्तविक सूचकका रूपमा मानिने गरिएको छ ।

तर, यी मापक भ्रामक छन्, किनकि ती समानता, सामाजिक गतिशीलता या स्थायित्व जस्ता समाजका लागि महत्त्वपूर्ण वस्तुका लागि जिम्मेवार छैनन् । यहाँसम्म कि यदि जीडीपीले ती घटकहरुमा सफलताको राम्रो भविष्यवाणी गरेको थियो, तैपनि यसले डिजिटल अर्थव्यवस्थामा बनाइने भनिएका अमूर्त मूल्यलाई क्याप्चर गर्दैन ।

दिनको अन्त्यमा, सरकारको सामना गर्ने मुख्य चुनौती पहिलेको युगका जस्तै छन्ः वर्तमान तथा भविष्यको पुस्ताका लागि जीवनलाई गुणस्तरीय, दीर्घायु, स्वस्थ, समृद्ध तथा बढी सुरक्षित बनाउने । आजको सबैभन्दा ठूलो असमानता यो हो कि प्रविधिमा भइरहेको तीव्र परिवर्तन, उदाउँदो पर्यावरणीय तथा अन्तरपुस्ताका चुनौतीहरुको संयोजनले सरकारको कार्यशैलीको क्षमतालाई प्रत्यक्ष प्रभावित गरिरहेको छ ।

तर, पुराना उपकरण प्रयोग गरेर सरकारले आफ्ना लक्ष्य प्राप्त गर्दैन । एनालग अर्थव्यवस्था तथा तथ्याङ्कीय विधिका लागि लेखिएको ट्याक्स कोडले वास्तविक सम्पत्ति क्याप्चर गर्न असफल हुनाले त्यसले पनि सक्दैन । आउँदा दशकमा खुसी तथा सुखद् जीवनयापन सुनिश्चित गर्न एउटा नयाँ दृष्टिकोण अपरिहार्य छ ।

फ्युचर अफ इकोनोमिक प्रोग्रेसकी प्रमुख, विश्व आर्थिक मञ्च, जेनेभाकी कार्यकारी समितिकी सदस्य मार्गरेटा ड्रेजेनिक–हनौजद्वारा लिखित एवम् प्रोजेक्ट सिन्डिकेटको सहयोगमा प्रकाशित लेखको अनौपचारिक अनुवाद ।