साना किसान बिकास बैङ्क ६८ जिल्लामा

विसं २०५८ असार २२ गते स्थापना भएको लघु वित्त बैङ्कले अहिलेसम्म १६ अर्ब रूपैयाँ लगानी गरी करीब सात लाख घर परिवार किसानलाई कृषिसँग सम्बन्धित विभिन्न परियोजनामा ऋण उपलब्ध गराएको बैङ्कले जनाएको छ ।

साना किसान बिकास बैङ्क लिमिटेडले अहिलेसम्म देशका ६८ जिल्लामा सञ्जाल विस्तार गरेको छ ।

विसं २०५८ असार २२ गते स्थापना भएको लघु वित्त बैङ्कले अहिलेसम्म १६ अर्ब रूपैयाँ लगानी गरी करीब सात लाख घर परिवार किसानलाई कृषिसँग सम्बन्धित विभिन्न परियोजनामा ऋण उपलब्ध गराएको बैङ्कले जनाएको छ ।

प्रत्येक इलाका कार्यालयमा समेत विभिन्न फाँट रहने र सोसम्बन्धी जिम्मेवार कर्मचारी तोक्ने व्यवस्था रहेको बैङ्कले चालू आवको असार मसान्तसम्ममा चुक्ता पूँजी ६३ करोड रूपैयाँ पुर्याउने योजना छ ।

मुलुकका ग्रामीण क्षेत्रका साना किसान सहकारी संस्था र गरिबी निवारणमा संलग्न समान प्रकृतिका अन्य लघुवित्त संस्थालाई थोक कर्जा र पटके कर्जा प्रदान गर्दै आएको छ ।

बैङ्कका उपकार्यकारी प्रमुख अधिकृत डा शिवराम कोइरालाले अहिलेसम्म करीब ७ सय कृषि सहकारीमार्फत ग्रामीण वित्त बजारको विकास, विस्तार, गरी वित्तीय एवम् प्राविधिक सहयोग उपलब्ध गराउने र आवश्यक तालिम उपलब्ध गराइएको बताए ।

मुलुकमा छरिएर रहेको पूँजीलाई एकीकृत गरी संस्थागत लगानीका लागि पनि बैैङ्कले भूमिका निर्वाह गरेको कोइरालाले जानकारी दिए । रासस