राष्ट्र बैङ्क सञ्चालकमा कर्ण

सरकारले नेपाल राष्ट्र बैङ्कको सञ्चालक समितिमा चार्टर्ड एकाउन्टेन्ट सुबोधकुमार कर्णलाई नियुक्त गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी पाँच वर्षका लागि कर्णलाई सञ्चालन मनोनयन गरेको हो । राष्ट्र बैङ्कमा चार्टर्ड एकाउन्टेन्ट बालकृष्णमान सिंहको कार्यकाल सकिएपछि एक सञ्चालक खाली थियो ।

कर्ण नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)का पूर्वअध्यक्ष हुन् भने साउथ एसिएन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा)का अध्यक्ष छन् । आईक्यानको अध्यक्ष हुँदा कर्णले राष्ट्र बैङ्कका तत्कालीन कार्यकारी निर्देशक (पछि डेपुटी गभर्नर) र हालका लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलाई हराएका थिए ।

राष्ट्र बैङ्कको सञ्चालक बन्न नेपालको नागरिक भएको, उच्च नैतिक चरित्र भएको, आर्थिक, मौद्रिक, बैङ्किङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी आर्थिक, मौद्रिक, बैङ्किङ, वित्तीय वा वाणिज्य कानुनको क्षेत्रमा काम गरेको हुुनुपर्छ ।