सेन्चुरीको नाफामा शतप्रतिशतभन्दा बढी वृद्धि

यो नाफा गत वर्ष चैतभन्दा १ सय ३ प्रतिशतले बढी वृद्धि हो ।

सेन्चुरी कमर्सियल बैङ्कले चालू आर्थिक वर्षको ९ महिनामा ६३ करोड रुपैयाँ खुद नाफा गरेको छ ।

यो नाफा गत वर्ष चैतभन्दा १ सय ३ प्रतिशतले बढी वृद्धि हो । बैङ्कले यसअवधिमा ५२ अर्ब ७३ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ५० अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ ।

बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले यसअवधिमा बैङ्कले राम्रो प्रगति गरेको बताए । उनी ७ महिनादेखि त्यहाँ नायब प्रमुख छन् । चालू आर्थिक वर्षमा ९ ओटा शाखा खोलेको बैङ्कका उपत्यकामा ११ शाखा तथा ५ ओटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखा तथा ३ ओटा एक्स्टेन्सन काउन्टर र १० ओटा शाखारहित बैङ्किङ गरी १ सय ११ स्थानबाट वित्तीय सेवा दिइरहेको छ ।