बनेपाको देउरालीमा एनआईसीको शाखारहित बैङ्किङ

शखारहित बैङ्किङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत बैङ्किङ सेवा लिन सक्ने व्यवस्था छ । उक्त सेवाबाट बैङ्किङ कारोबारका लागि स्थानीय बासिन्दा सहयोग पुगेको बैङ्कले बताएको छ ।

एनआईसी एसिया बैङ्क लिमिटेडले बनेपा नगरपालिकास्थित महेन्द्र ज्योति देउरालीमा शाखारहित बैङ्किङ सेवा सञ्चालनमा ल्याएको छ ।

गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणका लागि शाखारहित बैङ्किङ सेवा प्रदान गर्दै आएको एनआईसी शाखारहित बैङ्किङ सेवाको बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादेले उद्घाटन गरेका थिए । शाखारहित बैङ्किङ सेवा सञ्चालनका लागि बैङ्कले प्रतिनिधिका रुपमा सन्तकुमार तामाङलाई नियुक्त गरेको छ ।

शखारहित बैङ्किङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत बैङ्किङ सेवा लिन सक्ने व्यवस्था छ । उक्त सेवाबाट बैङ्किङ कारोबारका लागि स्थानीय बासिन्दा सहयोग पुगेको बैङ्कले बताएको छ ।

यस्तो सेवाबाट स्थानीयले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवालगायत टेलिफोन, मोबाइल, एडीएसएल, डिस होम महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवाब्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र सङ्क्षिप्त बैङ्क स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।