समाजका अध्यक्ष कविराज पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा मुलुकको भौगर्भिक अवस्था, गोरखा भूकम्पपछि गरिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययनका आधारमा गोरखा, दोलखालगायत क्षेत्रमा जोखिम कायम रहेको निष्कर्ष निकालिएको उल्लेख छ ।
नेपाल भौगर्भिक समाजले भूकम्पीय जोखिमबाट बच्न जमिनको भौगर्भिक अवस्थाको परीक्षण र सोही अनुसारको संरचना निर्माण गर्न सुझाएको छ ।
समाजका अध्यक्ष कविराज पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा मुलुकको भौगर्भिक अवस्था, गोरखा भूकम्पपछि गरिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययनका आधारमा गोरखा, दोलखालगायत क्षेत्रमा जोखिम कायम रहेको निष्कर्ष निकालिएको उल्लेख छ ।
भौगर्भिक अवस्थाअन्तर्गत त्यस स्थानमा रहेको चट्टानको अवस्था, माटोको प्रकार र गहिराई, भूमिगत जलको अवस्था, तरलीकरण हुन सक्नेलगायत जमिनको भू—इन्जिनियरिङको तथ्यपूर्ण अध्ययनविना निर्माण गरिएका भवन संरचनाको स्थायित्वमाथि विश्वस्त हुन नसकिने विज्ञप्तिमा भनिएको छ ।
भूकम्पसम्बन्धी सही सूचना प्रवाह गरी जोखिम न्यूनीकरण गर्ने दायित्व सरकारको रहेको बताउँदै भौगर्भिक अवस्थाको अध्ययन तथा अनुसन्धानलाई उच्च प्राथमिकता दिन आग्रह गरिएको छ । सबै स्थानको वैज्ञानिकरुपमा भौगर्भिक अध्ययन गरी बढी क्षति हुनसक्ने क्षेत्र पहिचान गरी व्यवस्थित भू–उपयोग नीतिमार्फत जोखिमयुक्त स्थानमा क्षति कम हुने संभावना भएका स्थानमा बस्ती तथा सहरीकरण विस्तार गर्न सरकारलाई समाजले सुझाएको छ ।
मुलुकको तीनै संरचनामा भूकम्पीय क्षति न्यूनीकरणका लागि गहन अध्ययन र अनुसन्धानका लागि प्रभावकारी सरकारी निकाय तथा संगठनात्मक संरचना र दरबन्दी व्यवस्था गर्न पनि विज्ञप्तिमा माग गरिएको छ ।