आईएमई लाइफ इन्स्योरेन्स र सेन्चुरी कमर्सियल बैङ्कबीच बैङ्कास्योरेन्स सम्झौता

बैङ्कास्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र सेन्चुरी बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले हस्ताक्षर गरेका छन् ।

आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सेन्चुरी बैङ्क लिमिटेडबीच बैङ्कास्योरेन्स सम्झौता भएको छ ।

उक्त बैङ्कास्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र सेन्चुरी बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले हस्ताक्षर गरेका छन् । सो बैङ्कास्योरेन्स सम्झौतापश्चात् सर्वसाधारण तथा बैङ्कका ग्राहकहरुले सेन्चुरी बैङ्कको कुनै पनि शाखाबाट छिटो छरितो र सहज रुपमा आईएमई लाईफ इन्स्योरेन्स कम्पनीको जीवनबीमा गराउन तथा जानकारी प्राप्त गर्न सक्नेछन् ।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले हाल ५० स्थानबाट विभिन्न शाखामार्फत् सेवा दिँदै आएको छ भने सामान्य सावधिक, बालशिक्षा, आजीवन, नगदर्फिता, साढे तीन गुणा रक्षावरण लगायतका विभिन्न १० ओटा योजनाहरु बजारमा ल्याएको छ ।