कुमारीको नाफामा झन्डै दोब्बरको वृद्धि

यस अवधिमा कर्मचारीका लागि ४१ करोड १३ लाख ७० हजार रुपैयाँ खर्चेको बैङ्कले अन्य सञ्चालन खर्च भने ३० करोड १० लाख ८१ हजार रुपैयाँ गरेको छ । चुक्ता पुँजी ५ अर्ब ९६ करोड ९४ लाख ९६ हजार रुपैयाँ रहेको बैङ्कको सञ्चित कोषमा २ अर्व ८१ करोड २२ लाख रुपैयाँ रहेको छ ।

कुमारी बैङ्कले पछिल्लो ९ महिनामा आफ्नो नाफालाई झन्डै दोब्बरले बढाएको छ । बैङ्कले चालू आर्थिक वर्षको ९ महिनामा ७० करोड ५६ लाख ७६ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यही अवधिको ३७ करोड ५८ लाख ९७ हजार रुपैयाँको तुलनामा ८७.७ प्रतिशतले बढी हो ।

यस अवधिमा खुद ब्याज आम्दानी १ अर्ब ३४ करोड १६ लाख ९२ हजार रुपैयाँ कमाएको बैङ्कले शुल्क, कमिसन र छुटबापत २१ करोड ५७ लाख ५२ हजार, अन्य सञ्चालन आम्दानी ५ करोड ९७ लाख ९५ हजार र विदेशी मुद्रा सटहीबाट ११ करोड ७१ लाख ६४ हजार रुपैयाँ थप आम्दानी गरेको छ । बैङ्कले यस अवधिमा निक्षेप सङ्कलन ६१ अर्ब ८४ करोड गरी ५६ अर्ब ८४ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।