मेगा बैङ्कको सञ्चालन नाफा ५२ प्रतिशतले बढेर १ अर्बमाथि

चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म आइपुग्दा मेगा बैङ्कको सञ्चालन नाफा ६८ करोड १९ लाखबाट ५२ दशमलव ९७ प्रतिशतले बढेर १ अर्ब ४ करोड रुपैयाँ पुगेको हो । कुल सञ्चालन आम्दानी ५३ दशमलव ३४ प्रतिशतले बढेको मेगा बैङ्कले जनाएको छ ।

मेगा बैङ्क नेपाल लिमिटेडको सञ्चालन मुनाफा १ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म आइपुग्दा मेगा बैङ्कको सञ्चालन नाफा ६८ करोड १९ लाखबाट ५२ दशमलव ९७ प्रतिशतले बढेर १ अर्ब ४ करोड रुपैयाँ पुगेको हो । कुल सञ्चालन आम्दानी ५३ दशमलव ३४ प्रतिशतले बढेको मेगा बैङ्कले जनाएको छ ।

यसैगरी, दोस्रो त्रैमासिकको तुलनामा तेस्रो त्रैमासिकमा खुद ब्याज आम्दानी ५३ दशमलव ७१ प्रतिशतले बढेको छ । खुद ब्याज आम्दानी दोस्रोमा ८४ करोड ६३ लाख रहेकोमा तेस्रो त्रैमासिकमा १ अर्ब ३० करोड रुपैयाँ पुगेको हो । तेस्रो त्रैमासिकसम्म आइपुग्दा बैङ्कले ५२ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । पहिलो त्रैमासिक अवधिमा ८ करोड ११ लाख कमाएकोमा दोस्रोमा पुग्दा ३९ करोड ३६ लाख रुपैयाँ नाफा पुगेको थियो ।

मर्जरकै कारण केही बैङ्कहरुको वित्तीय विवरणहरुमा सुधार देखिरहँदा टुरिजम डेभलपमेन्ट बैङ्कसँग मर्जर प्रक्रियामा रहेको मेगा बैङ्कको वित्तीय आकार र सूचकहरु पनि थप सुदृढ हुने देखिएको छ । ‘मर्जरपछि मेगा बैङ्क पुँजीका आधारमा नेपालकै ठूलो वाणिज्य बैङ्कमध्येको एक बन्नेछ, हाम्रो नेटवर्क र व्यापार पनि बढ्नेछ,’ मेगा बैङ्ककी सीईओ अनुपमा खुञ्जेलीले भनिन्, ‘हाम्रो पहिलो प्राथमिकता मर्जर नै हो । संयुक्त कारोबारमा केही ढिलाई नभएको भए बैङ्कको नाफा तथा अन्य सूचकाङ्कमा अझ सकारात्मक प्रभाव पर्ने थियो, अब मर्जरपछि बैङ्कले नयाँ गति पाउने छ ।’

नेपाल राष्ट्र बैङ्कका साथै कम्पनी रजिष्ट्रारको कार्यालयबाट मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त गरेको मेगा बैङ्क र टुरिजमबीच यथाशीघ्र संयुक्त कारोबारको तयारी भइरहेको बैङ्क स्रोतले बताएको छ ।