एसियाली विकास बैङ्कको २५ करोड १० लाख ८९ हजार ८ सय ३७ रूपैयाँको लागतमा सम्पन्न सो आयोजनाबाट अहिले घरघरमा जडान भएका धारामा पानी आउन थालेपछि यहाँका बासिन्दाको खानेपानी समस्या समाधान भएको आयोजनाका उपाध्यक्ष हुमनाथ न्यौपानेले बताए ।
दोस्रो साना सहरी खानेपानी आयोजनाबाट पाल्पा रामपुरका दुई हजार ७ सय घरधुरीका बासिन्दा लाभान्वित भएका छन् ।
एसियाली विकास बैङ्कको २५ करोड १० लाख ८९ हजार ८ सय ३७ रूपैयाँको लागतमा सम्पन्न सो आयोजनाबाट अहिले घरघरमा जडान भएका धारामा पानी आउन थालेपछि यहाँका बासिन्दाको खानेपानी समस्या समाधान भएको आयोजनाका उपाध्यक्ष हुमनाथ न्यौपानेले बताए ।
दुई हजार ७ सय घरधुरीमा धारा जडान भएको छ । तीन हजार १ सय ३७ घरधुरीमा पानी वितरण गर्ने लक्ष्य रहे पनि यस आयोजनाबाट रामपुरका करिब पाँच हजार घरपरिवारलाई प्रशस्त खानेपानीको सुविधा पुग्ने उनी बताउँछन् । यो आयोजना रामपुर नगरपालिका–४, ५, ६ र ७ का तल्लो बस्तीमा सञ्चालनमा ल्याइएको हो । कतिपय घरघडेरीमा घर निर्माण नभएका कारण धारा जडान गर्न बाँकी छ ।
खानेपानीका लागि वर्षौंदेखि निकै समस्या भोग्दै आएका यहाँका बासिन्दालाई घरघरमा पानी आएपछि ठूलो राहत पुगेको स्थानीय डिलमाया सोमै बताउँछन् । “पहिला पानी खोज्नका लागि गाग्री बोकेर बिहानभर खोलाका कुवामा चहार्नुपर्थ्यो अहिले आयोजनाबाट घरमै पानी आएकाले अत्यन्त सहज भएको छ,” उनले भने । २०७० साल साउन ३१ गते ठेक्का सम्झौता भई २०७१ साल माघ ३० गतेदेखि आयोजनाको काम सुरु गरिएको थियो । रासस