लिखुखोला जलविद्युत् आयोजनाको पीपीए जेठसम्म हुने

आयोजनाको सर्भे भइसकेको र आगामी जेठभित्र पीपीए हुने आयोजनाका सञ्चालक सदस्य लीलाबहादुर सुनुवारले जानकारी दिए । ‘आयोजनाको सर्भेको काम भइसकेको छ,’ उनले भने, ‘आगामी जेठसम्म आयोजनाको पीपीए हुनेबारे नेपाल विद्युत् प्राधिकरणसँग सहमति भएको छ ।’

३० मेगावाट क्षमतको लिखुखोला जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) जेठभित्र हुने भएको छ । रामेछाप र ओखलढुङ्गाको सीमा क्षेत्रमा उक्त आयोजना निर्माण हुनेछ ।

आयोजनाको सर्भे भइसकेको र आगामी जेठभित्र पीपीए हुने आयोजनाका सञ्चालक सदस्य लीलाबहादुर सुनुवारले जानकारी दिए । ‘आयोजनाको सर्भेको काम भइसकेको छ,’ उनले भने, ‘आगामी जेठसम्म आयोजनाको पीपीए हुनेबारे नेपाल विद्युत् प्राधिकरणसँग सहमति भएको छ ।’ उनले आयोजनाका लागि चाहिने लगानी तथा वित्तीय व्यवस्थापन भइनसकेको र एक वर्षभित्र ‘फाइनान्सिङ क्लोजर’ गरिसक्ने लक्ष्य छ ।

आयोजना निर्माण गर्न ७ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजनाको पीपीए भएपछि आगामी असोजपछि निर्माण कार्य सुरु हुने सदस्य सुनुवारले बताए । राष्ट्रिय प्रसारण लाइनमा जोडिने उक्त आयोजना चार वर्षभित्र निर्माण गर्ने लक्ष्य लिएको आयोजनाले बताएको छ । आयोजनाले २०७० असारमा सर्भे अनुमति पाएको थियो । आयोजनाको प्रवर्द्धक पीके हाइड्रोपावर कम्पनी लिमिटेड हो ।

स्वदेशी कम्पनीले निर्माण गर्ने भनिएको उक्त आयोजनाको ठेक्का सम्झौता हुन सकेको छैन ।