सम्झौतापश्चात् आईएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहकको बिमालेख सीमासम्म स्टार हस्पिटलबाट नगदरहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ ।
आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र स्टार हस्पिटलबीच नगदरहित सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौतापश्चात् आईएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहकको बिमालेख सीमासम्म स्टार हस्पिटलबाट नगदरहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ ।
सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायब महाप्रबन्धक पवन थापा र स्टार हस्पिटलका प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले हस्ताक्षर गरे ।