माछापुच्छ्रे बैङ्कले पोखरामा गर्यो प्रभातफेरी कार्यक्रम

माछापुच्छ्रे बैङ्कले उन्नाईसौं वार्षिक साधारण सभाको उपलक्ष्यमा पोखराको लेक साइडमा प्रभातफेरी कार्यक्रम सञ्चालन गरेको छ । बसुन्धरापार्कबाट सुरु भएको उक्त कार्यक्रम हल्लनचोकबाट पुनः बसुन्धरा पार्कमा पुगेर समापन भएको थियो ।

बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता जगाउने, बैकिङ सेवाको फाइदा, सफा नोटको महत्व, डेबिट÷क्रेडिट कार्डको उपयोग र यसको फाइदाको बारेमा विभिन्न जानकारी दिएको थियो ।

बैङ्कले आर्थिक २०७४÷७५ को पहिलो त्रैमाससम्ममा रु. २८ करोड ९ लाख नाफा आर्जन गरेको छ । हाल बैङ्कले रु ६४ अर्व ५१ करोड निक्षेप परिचालन गरी रु. ५६ अर्व ६६ करोड कर्जा प्रवाह गरेको छ ।

मङसिर १५ गते बसेको बैङ्कमा वार्षिक साधारण सभाले ९ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश गरी जम्मा १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ७ शाखा रहित बैकिङ सेवा समेत गरी जम्मा ७३ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैकिङ सुबिधा प्रदान गरिरहेको छ । साथै, बैङ्को देशभर ८४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।