संसार


सोमालियाको राष्ट्रसङ्घीय कार्यालयमा मोर्टार आक्रमण

सोमालियाको राष्ट्रसङ्घीय कार्यालयमा मोर्टार आक्रमण

१८ पुष २०७५, बुधबार १६:१४

मोगादिसु : सोमालियाको राजधानी मोगादिसुस्थित राष्ट्रसङ्घीय कार्यालयमा बन्दुकधारीले गरेको मोर्टार आक्रमणबाट तीन जना घाइते भएको राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घ कार्यालयका अनुसार सातवटा मोर्टार कार्यालयको परिसरमा खसेका थिए । आक्रमणबाट दुईजना राष्ट्रसङ्घका कर्मचारी र एकजना ठेकेदार घाइते भएका.....

अमेरिकी राष्ट्रपतिका लागि वारेन इच्छुक, सन् २०२० को चुनावी अभियान थाल्ने घोषणा

अमेरिकी राष्ट्रपतिका लागि वारेन इच्छुक, सन् २०२० को चुनावी अभियान थाल्ने घोषणा

१७ पुष २०७५, मंगलवार १६:१४

वासिङटन : संयुक्तराज्य अमेरिकामा डेमोक्राटिक पार्टीकी प्रभावशाली नेतृ एवं सिनेटर एलिजाबेथ वारेनले अमेरिकी राष्ट्रपतिको सन् २०२० मा हुने चुनावका लागि उम्मेदवार हुने इच्छा व्यक्त गरेकी छन् । उनी राष्ट्रपति डोनाल्ड ट्रम्पकाे कटु आलोचक मानिन्छिन् । वारेनले अमेरिकी राष्ट्रपतिका लागि प्रारम्भिक तयारी.....

चीनको अर्थतन्त्र तर्कसङ्गत अवस्थामा : राष्ट्रपति सी

चीनको अर्थतन्त्र तर्कसङ्गत अवस्थामा : राष्ट्रपति सी

१७ पुष २०७५, मंगलवार १२:४८

बेइजिङ, चीन : सन् २०१८ मा चीनको आर्थिक विकास तर्कसङ्गत अवस्थामा रहेको राष्ट्रपति सी चिनफिङले सोमबार बताएका छन् । नयाँ वर्षको उपलक्ष्यमा चिनियाँ जनतालाई गरेको सम्बोधनमा उनले भने, “चिनियाँ जनताको सुख र सम्वृद्धितर्फको यात्रा निरन्तर अघि बढेको छ । चिनियाँ जनताको जीवनशैलीमा विस्तारै प्रगति भइरहेको छ ।” उनले.....

नक्कली प्रमाणपत्रधारी तीन विमान चालकसहित ५० कर्मचारी बर्खास्त

नक्कली प्रमाणपत्रधारी तीन विमान चालकसहित ५० कर्मचारी बर्खास्त

१७ पुष २०७५, मंगलवार १२:४२

इस्लामावाद : पाकिस्तानको राष्ट्रिय ध्वजाबाहक विमानका चालकसहित ५० जना कर्मचारीलाई बर्खास्त गरिएको छ । उनीहरुको शैक्षिक प्रमणपत्र नक्कली भेटिएकाले बर्खास्त गरिएको र बर्खास्त हुनेमध्ये तीन जना विमान चालक रहेको जनाइएको छ । पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाईन्स (पीआईए)ले आफ्ना ५० कर्मचारीको विद्यालय.....

सन् २०१८ का विश्व चर्चित घटना

सन् २०१८ का विश्व चर्चित घटना

१६ पुष २०७५, सोमबार १६:३१

काठमाण्डौ : वर्ष सन् २०१८ मा पनि अमेरिकाको चर्चा र भूमिका धेरै देखियो भने अन्य देशका विभिन्न घटनाहरु पनि विश्वव्यापी भए । वर्षभरिका चर्चित मुख्य घटनाक्रमहरुको सूचीमा राजनीतिक घटनाहरु नै धेरै भएका छन् । त्यसबाहेक हिंसात्मक, आपराधिक तथा अन्य विभिन्न घटनाहरु पनि चर्चाको शिखरमा पुग्न सफल भएका छन् । यस वर्षका.....

अन्यौलताका बीच कङ्गोमा मतदान

अन्यौलताका बीच कङ्गोमा मतदान

१५ पुष २०७५, आईतवार १३:२७

किन्शास : लोकतान्त्रिक गणतन्त्र कङ्गोमा अन्यौलता र विवादका बीच आइतबार मतदान भएको छ । निर्वाचन स्थगित गरेर पछाडि सार्ने कि डिसेम्बर ३० आजकै दिन गर्ने भन्ने अन्यौलताका बीच मतदान भएको हो । आफ्नो भविष्य निर्धारण गर्न देशभरि ठूलो सङ्ख्यामा मतदाताहरु मतदानमा सहभागी भएको अधिकारीहरुले जानकारी दिएका छन् । राष्ट्रपति.....

सुडानमा मूल्यवृद्धिको विरोध, १९ जनाको मृत्यु

सुडानमा मूल्यवृद्धिको विरोध, १९ जनाको मृत्यु

१३ पुष २०७५, शुक्रबार १४:३१

खार्तुम : सुडानमा खाद्य र इन्धनको चर्को मूल्यवृद्धि भएको विरोधमा भएको प्रदर्शनका क्रममा दङ्गा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई प्रहरी सहित १९ जनाको मृत्यु भएको छ । सुडान सरकारका अनुसार प्रदर्शनका क्रममा दुई सय १९ जना सर्वसाधारण घाइते भएका छन् । सुडानका सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता बुसारा.....

हुवावेको आम्दानीमा २१ प्रतिशतले वृद्धि

हुवावेको आम्दानीमा २१ प्रतिशतले वृद्धि

१३ पुष २०७५, शुक्रबार ११:३३

बेइजिङ, चीन : विश्वव्यापी सञ्जाल बनाउन सफल चीनको विशाल टेलिकम कम्पनी हुवावेले आफूविरुद्ध कतिपय देशमा पछिल्लो समय केही पक्षपातपूर्ण व्यवहार भएपनि सन् २०१८ मा कुल आम्दानीमा २१ प्रतिशतले वृद्धि भएको सो कम्पनीका अध्यक्षले बिहीबार बताएका छन् । हुवावेलाई अमेरिका, अष्ट्रेलिया, न्यूजील्याण्डलगायतका मुलुकहरूमा.....

अमेरिकी राष्ट्रपति अकस्मात इराक

अमेरिकी राष्ट्रपति अकस्मात इराक

१२ पुष २०७५, बिहीबार १६:१३

अल असाद एर बेस, इराक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकको आकस्मिक भ्रमण गरेका छन् । उनी अमेरिकी राष्ट्रपति निर्वाचित भएपछि पहिलो पटक इराक पुगेका हुन् । उनको यो भ्रमण पूर्व घोषित नभई अकस्मात भएको बताइएको छ । राष्ट्रपति ट्रम्पले इराकको भ्रमण गरेर त्यहाँबाट जर्मनी प्रस्थान गरेको केही घन्टापछि मात्र.....

उत्तर कोरियामाथि पाँच करोड डलर क्षतिपूर्ति माग

उत्तर कोरियामाथि पाँच करोड डलर क्षतिपूर्ति माग

१० पुष २०७५, मंगलवार १७:०७

वासिङटन : अमेरिकी एक सङ्घीय अदालतले ओट्टो वाम्बियरका बाबुआमाले दायर गरेको हत्यासम्बन्धी मुद्दाको सुनुवाई गर्दै उत्तर कोरियासँग पाँच करोड डलर क्षतिपूर्ति दिलाउन आदेश दिएको छ । अमेरिकी विद्यार्थी वाम्बियर उत्तर कोरियामा पक्राउ परेका थिए, तर मुक्त भएर घर फर्कनैबित्तिकै गत वर्ष उनको मृत्यु भएको थियो । अमेरिकी.....