जेनेभा । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को शतवार्षिकी समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । सोमबार नै प्रधानमन्त्री ओलीले स्वीस सरकारका वरिष्ठ अधिकारी तथा सम्मेलनमा सहभागी विभिन्न देशका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ । जेनेभाका विभिन्न कार्यक्रमपछि.....
चितवन । पश्चिम चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बारमा डोजर लगाएको आरोपमा पक्राउ परेका थप चार जना रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उनीहरुलाई हाजिरी जमानीमा छाडिएको हो । प्रहरीले रङ्गशालाको बारमा.....
रसुवा । रसुवागढी नाकाबाट चिनियाँ भूभागमा जाने ट्रक कन्टेनरलाई लामबद्ध तवरले आआफ्नो पालोमा आवतजावत गर्ने व्यवस्था गरिएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले प्रेस विज्ञप्ति जारी गर्दै केही सवारीधनी र विचौलियाले बलका आधारमा केरुङ जान एक अर्काको पालो मिच्ने विवाद निरन्तर भइरहेका कारण.....
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आँधीबेहरीका कारण मृत्यु भएका परिवारलाई राहतस्वरुप जनही एक लाख ५० हजार रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले आँधीबेहरीका कारण पूर्ण क्षति भई पीडित भएका परिवारलाई जनही २० हजार र आंशिक क्षति पुगेका परिवारलाई १० हजार रूपैयाँ उपलब्ध गराउने.....
काठमाडौँ । ट्राफिक व्यवस्थापनमा सहज गर्ने लक्ष्यका साथ सरकारले मालवाहक सवारी साधन दिउँसोको समयमा गुड्न रोक लगाएकामा नेपाल चेम्बर अफ कमर्सले ध्यानाकर्षण भएको जनाएको छ । चेम्बरले आज भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठलाई ध्यानकर्षण गराउँदै यस व्यवस्थाले औद्योगिक उत्पादनलगायत.....
काठमाडौँ । कुपोषण र भोकमरीको अन्त्य गर्ने उद्देश्य लिएर स्थापित सोसल चेञ्जमेकर्स एण्ड इनोभेटर्स (सोचाइ)की प्रमुख कार्यकारी अधिकृत बोनिता शर्मा लिड २०३० च्यालेञ्जमा विजयी भएकी छन् । दिगो विकास लक्ष्यप्राप्तिका लागि ‘वान योङ वल्ड’ले विश्व प्रतिष्ठित ब्राण्डसँगको सहकार्यमा यस लिड २०३० प्रतियोगिताको.....
जाजरकोट । यहाँको सदरमुकाम खलङ्गामा पिउनेपानीको हाहाकार छ । गर्मीयाममा पानीका मुहान सुक्ने, सदरमुकाम आसपासमा रहेका पानीका मुहानको मर्मतसम्भार तथा संरक्षणको अभावले सदरमुकाम खलङ्गामा खानेपानीको हाहाकार भएको हो । जाजरकोटी राजा जङ्गबहादुर शाहका कान्छा छोेरा हरिविक्रम शाहकी छोरी बालकुमारी शाहको अनुरोधमा.....
काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रको दिगो विकासका लागि सरकारले किसानलाई वर्गीकरण गरेर योजना अघि सार्ने निर्णय गरेको बताएका छन् । कृषिको दिगो विकासका लागि संसारभरि नै किसान वर्गीकरणको व्यवस्था रहेको उल्लेख गर्दै उनले कृषिको दिगो विकासका लागि किसानको वर्गीकरण गर्ने.....
लमही । दाङ तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ मा सडक सञ्जाललाई उच्च प्राथमिकतामा राखेको छ । उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले आगामी आवमा ६० किलोमिटर सडक कालोपत्रे गर्ने नीति अघि सारेको बताए । “यस वर्ष हामीले १५ किलोमिटर सडक कालोपत्रे गर्यौँ”, उनले भने, “आगामी वर्ष सडक निर्माण.....
सुर्खेत । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले इतिहास भजाएर मात्रै काङ्ग्रेसलाई अब जनताले विश्वास नगर्ने बताएका छन् । “काङ्ग्रेसले आफूलाई विधिअनुसार नचलाएमा, नयाँ संरचनामा नलगेमा र आन्तरिक कलह समाप्त नपारेसम्म जनताको मन जित्न सम्भव छैन”, उनले भने, “इतिहासलाई भजाएर मात्रै हुँदैन, हामी आफू पनि सच्चिन.....