समाचार


मेची–महाकाली विद्युतीय रेल मार्गको ९३.६ किमी निर्माण सकियो

मेची–महाकाली विद्युतीय रेल मार्गको ९३.६ किमी निर्माण सकियो

१४ जेष्ठ २०७६, मंगलवार १४:१४

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची–महाकाली विद्युतीय रेल मार्गको ९३ दशमलव ६ किमी निर्माण सम्पन्न भएको छ । आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षणमा बर्दिवास–निजगढ रेलमार्गको ७० किमीमध्ये बर्दिबास–लालबन्दी खण्डको ३० किमी क्षेत्रको ट्रयाक बेडमध्ये २५ दशमलव ६ र जोगवनी–विराटनगर १६.....

यार्सागुम्बाबाट २६ प्रतिशत बढी राजस्व संकलन

यार्सागुम्बाबाट २६ प्रतिशत बढी राजस्व संकलन

१४ जेष्ठ २०७६, मंगलवार १३:५६

डोल्पा । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाले २६ प्रतिशत बढी राजश्व सङ्कलन गरेको छ । अघिल्लो भन्दा यो वर्ष यार्सागुम्बा सङ्कलनकर्ताबाट राजश्व बढी उठेको हो । जिल्लास्थित सरोकारवाला निकायसहितको सर्वपक्षीय निर्णयअनुसार जेठ १३ देखि भोक्पा, भाङ्का, कुनास, सागबारीलगायत ७० भन्दा धेरै यार्सापाटनहरू औपचारिक.....

करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

१४ जेष्ठ २०७६, मंगलवार १३:२९

खाँदबारी । सङ्खुवासभा–सीमावर्ती चीनको देन्दाङ शहरमा करेन्ट लागेर एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकालु गाउँपालिका–२ का अमरबहादुर खुम्बू रहेको प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । खुम्बू चीन सरकारले निर्माण गर्दै गरेको नयाँ निकुञ्ज भवनमा काम गर्ने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए। खुम्बूलाई.....

सीसी क्यामेरा जडान गर्न मात्रै काठमाडौं महानगरले छुट्यायो करिब छ करोड

सीसी क्यामेरा जडान गर्न मात्रै काठमाडौं महानगरले छुट्यायो करिब छ करोड

१४ जेष्ठ २०७६, मंगलवार १३:०७

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुरक्षालाई मजबुत बनाउन सीसी क्यामेरा जडान गर्न थप दुई करोड ८१ लाख उपलब्ध गराउने भएको छ । कामपाको ३३औँ नगर कार्यपालिका बैठकले नेपाल महानगरीय प्रहरी परिसर काठमाडौँलाई उक्त रकम दिने निर्णय गरेको हो । सुरक्षालाई मध्यनजर गर्दै कामपाले गत फागुन १५ गते तीन करोड रुपैयाँ उपलब्ध.....

मानवअधिकार उल्लंघनका ७६१ उजुरी

मानवअधिकार उल्लंघनका ७६१ उजुरी

१४ जेष्ठ २०७६, मंगलवार १२:५८

बाँके । राष्ट्रिय मानवअधिकार आयोग नेपालगञ्ज कार्यालयमा चालू आर्थिक वर्षको चैत मसान्तसम्म ७६१ उजुरी परेका छन् । मानवअधिकार हनन्सम्बन्धी उजुरी पर्नेमा बाँके पहिलो नम्बरमा रहेको छ बताइएको छ । आयोगका अनुसार दोस्रोमा रोल्पा र तेस्रोमा बर्दिया रहेका छन् । त्यस्तै चौथोमा पूर्वी रुकुम, पाँचौँमा दाङ र छैठौँमा.....

बैतडीमा विद्युत सेवा अनियमित, सेवाग्राही मारमा

बैतडीमा विद्युत सेवा अनियमित, सेवाग्राही मारमा

१४ जेष्ठ २०७६, मंगलवार ११:४८

बैतडी । बैतडीमा पछिल्लो समय विद्युत् सेवा अनियमित हुँदा सेवाग्राही मारमा परेका छन् । विद्युत् एकैछिन् आउने र जाने क्रम बढ्दै गएपछि सेवाग्राही मारमा परेका हुन् । विद्युत् सेवा अनियमित हुँदा व्यापार व्यवसायमा समेत असर परेको व्यापारीले बताएका छन् । विद्युत्बाट सञ्चालन हुने ग्रिल उद्योगलगायतलाई समस्या.....

सौराहामा सभाहल बनाइँदै, निर्माण सम्पन्न गर्न ५५ करोड लाग्ने

सौराहामा सभाहल बनाइँदै, निर्माण सम्पन्न गर्न ५५ करोड लाग्ने

१४ जेष्ठ २०७६, मंगलवार ११:३८

चितवन । पर्यटकीय नगरी सौराहामा गैँडाको झझल्को दिने गरी सौराहा सभाहल निर्माण गरिने भएको छ । रत्ननगर नगरपालिका–७ सिस्वारचौरमा ५५ करोडको लागतमा सुविधासम्पन्न सभाहल निर्माण गर्न लागिएको हो । सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका इञ्जिनीयर सृष्टि भुसालका अनुसार सभाहलको बोलपत्र आह्वान भइसकेको छ । पछिल्लो.....

खुकुरीले रेटेर आफ्नै छोराको हत्या

खुकुरीले रेटेर आफ्नै छोराको हत्या

१४ जेष्ठ २०७६, मंगलवार ११:२०

भोजपुर । भोजपुरमा आफ्नै आमाले तीन वर्षीय छोराको हत्या गरेकी छन् । भोजपुरको रामप्रसाद राई गाउँपालिकाको बासीखोरा घर भई भोजपुर नगरपालिका वडा नं ९ पानीट्याङकी बस्ने सूर्य थापाकी २५ वर्षीया श्रीमती सम्झना थापाले आफ्नै तीन वर्षीय छोरा सम्बोधन थापाको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । थापाले.....

‘हिमालय पर्यटन सहकार्य’बारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

‘हिमालय पर्यटन सहकार्य’बारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

१४ जेष्ठ २०७६, मंगलवार ११:०५

काठमाडौं । नेपालमा पहिलोपटक ‘हिमालय पर्यटन सहकार्य’सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय हिमालय पर्यटन सहकार्यको आयोजना तथा नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट (नाट्टा)को सहकार्यमा जेठ १५ गते उक्त सम्मेलन हुनलागेको हो । होटल याक एण्ड यतीमा हुने.....

अनुदान तेह्र अर्ब, ऋण त्रियानब्बे अर्ब

अनुदान तेह्र अर्ब, ऋण त्रियानब्बे अर्ब

१३ जेष्ठ २०७६, सोमबार १८:२२

काठमाडौं । चालू आर्थिक वर्षको प्रथम आठ महिनामा १३ अर्ब ४९ करोड अनुदान र ९३ अर्ब ६९ करोड रूपैयाँ ऋण गरी एक खर्ब सात अर्ब १८ करोड रूपैयाँबराबरको वैदेशिक सहयोग प्रतिबद्धता प्राप्त भएको छ । सरकारले सोमबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार अघिल्लो आवको सोही अवधिमा एक खर्ब ५० अर्ब ८८ करोड बराबरको वैदेशिक.....