गौशाला । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा विवाह हुनुभन्दा आठ दिन पहिले मङ्गलबार दुलहाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आउँदो जेठ १५ गते विवाह हुनलागेको भङ्गहा नपा–७ बस्ने जयनारायण महराका छोरा.....
पाँचथर । पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा सोमबार राति दुई परिवारका नौ जनाको विभत्स हत्या भयो । उक्त घटना पाँचथरमा २६ वर्षपछि ठूलो र उस्तै प्रकृतिको हत्याकाण्ड भएको हो । साविक फिदिम–१३ लुङरुपास्थित टिम्बुरेमा एकै परिवारका पाँच जनाको ज्यान लिने गरी हत्याकाण्ड भएको थियो । विसं २०५० मा भएको सो घटना ‘टिम्बुरे.....
लमही । दाङमा ब्राउनसुगरसहित एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले सात ग्राम ४० मिलिग्राम ब्राउनसुगरसहित लमही नगरपालिका–५ निवासी ३० वर्षीय चुर्णसिंह ठकुरीलाई प्रक्राउ गरेको हो । नेपालगञ्जबाट ब्राउनसुगर लिएर आउँदै गरेको भन्ने सूचनाका आधारमा खोजतलास गर्दा वडा प्रहरी कार्यालय लमहीको टोलीले सोमबार राति.....
दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका रोहित श्रेष्ठले सगरमाथा आरोहण गरेका छन्। विसं २०५४ देखि अमेरिकाको कोलोराडो राज्यको एक कम्पनीमा सफ्टवेयर इञ्जिनीयरको रुपमा कार्यरत श्रेष्ठले विश्वकै अग्लो सगरमाथाको आरोहण ४१औँ दिनमा पूरा गरेक हुन् । आइल्याण्ड हिमाल.....
पोखरा । मिनी ट्रक र मोटरसाइकल एकापसमा जुध्दा पोखरामा मंगलबार साँझ एक जनाको मृत्यु भएको छ । पोखरा–१४ खाल्टे बस्ने २७ वर्षीय मोटरसाइकल चालक श्याम गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ । पोखराको लेखनाथस्थित.....
जाजरकोट । नेत्रविक्रम चन्दको नेतृत्वको विप्लव समूहका भेरी ब्यूरो सदस्य हरिचन्द्र जैशी पक्राउ परेका छन् । मङ्गलबार बेलुका पक्राउ परेका जैशीलाई सदरमुकाम ल्याइएको छ । कुशे गाउँपालिका–२ घर भई विप्लव समूहमा लागेर विभिन्न गतिविधि गर्दै आएका जैशीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्लाको शान्ति सुरक्षामा दक्खल.....
बेत्रावती । नगरप्रहरी चौकी कोलनीले पछिल्लो तीन महीनामा नौ थान चोरीका मोटरसाइकल नियन्त्रणमा लिएको छ । जिल्लाको विभिन्न स्थान र काठमाडौंबाट हराएका नौ थान मोटरसाइकल नियन्त्रणमा लिएर सम्बन्धित धनीलाई बुझाएको नगर प्रहरी चौकीका इञ्चार्ज (प्रहरी सहायक निरीक्षक) राजु लामिछानेले जानकारी दिए । उनका अनुसार आठ.....
एजेन्सी । अमेरिका–चीन व्यापार युद्धबारे बनाइएको एक चिनियाँ प्रोपागाण्डा गीतले चीनको सामाजिक सञ्जालमा निकै चर्चा र चासो बटुलिरहेको छ। व्यापार युद्ध नामक उक्त गीत पूर्व चिनियाँ कर्मचारीले लेखेका हुन्। उक्त गीत लोकप्रिय मोबाइल मेसेन्जर वीच्याटमा शुक्रवार देखा परेको थियो। त्यस यता त्यसलाई लाखौँ पटक हेरिएको.....
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सांसदलाई कडा चुनौती दिएका छन् । मंगलबार संघीय संसदको लेखा समितिमा बैठकमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद अमनलाल मोदीले लोडसेडिङ अन्त्य गरेको घुम्टो ओडेर भ्रष्टचार गरिरहेको आरोप लगाए पछि घिसिङले भ्रष्टाचार.....
बेझाड । राज्यले उपलब्ध गराएको सेवासुविधा सहजरुपमा उपभोग गर्न नपाएको पाल्पाका ज्येष्ठ नागरिकले गुनासो गरेका छन् । सरकारले ज्येष्ठ नागरिक ऐन, २०६३ जारी गरी विभिन्न सेवासुविधा उपलब्ध गराउने भनिए पनि यहाँका ज्येष्ठ नागरिकले त्यस्तो सेवासुविधा सहज रुपमा उपभोग गर्न नपाएको गुनासो गरेका हुन् । सार्वजनिक.....