समाज


खेल्दाखेल्दै ट्याङ्कीमा डुबेर चार वर्षीय बालकको मृत्यु

खेल्दाखेल्दै ट्याङ्कीमा डुबेर चार वर्षीय बालकको मृत्यु

३० जेष्ठ २०७६, बिहीबार ०८:५०

कास्की । पोखरामा हिजो साँझ पानीको ट्याङ्कीमा डुबेर एक बालकको ज्यान गएको छ । स्याङ्जा घर भई हाल पोखरा महानगरपालिका–७ मासबारस्थित मामा राजेन्द्र पौडेलको घरमा बस्दै आएका चार वर्षीय बालक श्रीकृष्ण कोइरालाको साँझ ७ः३० बजे मामाघरसँगैको निर्माणाधीन घरको पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय.....

अवैधरूपमा चलिरहेका पाँच भारतीय गाडी दाङमा पक्राउ

अवैधरूपमा चलिरहेका पाँच भारतीय गाडी दाङमा पक्राउ

३० जेष्ठ २०७६, बिहीबार ०८:४२

दाङ । दाङमा अवैधरूपमा चलिरहेका पाँच भारतीय गाडीलाई पक्राउ गरी कारवाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले विभिन्न बहानामा दाङ आएर सस्तोमा सामान ढुवानी तथा यात्रु ओसारपसार गर्ने गरेका पाँच गाडीलाई पक्राउ गरेको हो । ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख मदन कुँवरका अनुसार भारतीय गाडीले गर्दा.....

आँखुखोला हाइड्रोपावरले विनाजानकारी ड्याम खोल्दा खोलाले बगाएर एक युवती बेपत्ता

आँखुखोला हाइड्रोपावरले विनाजानकारी ड्याम खोल्दा खोलाले बगाएर एक युवती बेपत्ता

३० जेष्ठ २०७६, बिहीबार ०८:३१

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिकाको सिमानामा पर्ने टारीबेँसी नजिकै बुधबार १९ वर्षीया युवती आँखुखोलाले बगाएर बेपत्ता भएकी छिन् । लुगा धुन र नुहाउन भनी दिउँसो खोलामा गएकी युवतीलाई खोलाले बगाएको हो । दाङ जिल्ला घर भएकी युवती काठमाडौँस्थित विनायक अस्पतालमा अध्ययनरत थिइन्.....

चट्याङ लागेर एकको मृत्यु

चट्याङ लागेर एकको मृत्यु

२९ जेष्ठ २०७६, बुधबार १६:३०

परासी । पश्चिम नवलपरासीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर गम्भीर घाइते प्रतापपुर गाउँपालिका–५ बेतहानीका ६५ वर्षीय झिन्कु लोनियाको आज दिउँसो मृत्यु भएको हो । आज दिउँसो १ः४५ बजेको समयमा बाटोमा हिँडिरहेको अवस्थामा अचानक चट्याङ लागेर गम्भीर घाइते भएका लोनियालाई उपचारका लागि सामुदायिक.....

प्रधानसेनापति असारको पहिलो साता चीन जाँदै

प्रधानसेनापति असारको पहिलो साता चीन जाँदै

२९ जेष्ठ २०७६, बुधबार १६:१४

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापा चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा आगामी असारको पहिलो साता चीन भ्रमणमा जाने भएका छन् । छिमेकी मुलुक चीनको साताव्यापी भ्रमणका लागि प्रधानसेनापति थापा असार १ गते त्यसतर्फ प्रस्थान गर्ने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले पुष्टि गरे । असार.....

दुई बोरा गाँजा बरामद

दुई बोरा गाँजा बरामद

२९ जेष्ठ २०७६, बुधबार १६:००

सिरहा । सप्तरीको सुरङ्गा नगरपालिका–७ चकदह नजिक रहेको बलान खोला छेउबाट सशस्त्र प्रहरी बल बेश क्याम्प कुसहाले ठूलो मात्रामा अवैध गाँजा बरामद गरेका छ । विशेष सूचनाका अधारमा सशस्त्र प्रहरी बल बेश क्याम्प कुसहाका सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीको नेतृत्वमा खटिएको टोलीले चकदह नजिक रहेको बलान.....

च्याउ खानेको अवस्था गम्भीर

च्याउ खानेको अवस्था गम्भीर

२९ जेष्ठ २०७६, बुधबार १५:४७

रामपुर । पाल्पाको निस्दी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेकाको अवस्था गम्भीर बन्दै गएको छ । यही जेठ २४ गते च्याउ खाएर बिरामी भएका मध्ये दुई जनाको मृत्यु भएको थियो भने अन्य सात जनाको शिक्षण अस्पताल काठमाडौँमा उपचार भइरहेको प्रहरीले जनाएको छ । च्याउ खाएर ३६ वर्षीया चनकुमारी खाम्चा, १५ वर्षीया.....

लागुऔषध कारोबारीमाथि गोली प्रहार

लागुऔषध कारोबारीमाथि गोली प्रहार

२९ जेष्ठ २०७६, बुधबार १५:०१

पोखरा । पोखराको उत्तमचोकमा एक लागुऔषध कारोबारीमाथि प्रहरीले गोली चलाएको छ । लागुऔषध बोकेर हिँडेको सूचनाको आधारमा बुझ्न गएको प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि प्रतिरक्षाका लागि गोली चलाएको प्रहरीले जनाएको छ । लागुऔषध कारोबारीले प्रहरीमाथि आक्रमण गरेपछि नियन्त्रणमा लिने क्रममा प्रहरीले घुँडाभन्दा.....

चितवन दूधमा आत्मनिर्भर जिल्ला

चितवन दूधमा आत्मनिर्भर जिल्ला

२९ जेष्ठ २०७६, बुधबार १३:४३

चितवन । देशलाई नै पोल्ट्री क्षेत्रमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको यस जिल्ला दूधमा आत्मनिर्भर भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र चितवन दुग्ध उत्पादक सहकारी संस्थाले करीब तीन महीना लगाएर गरेको अध्ययनले जिल्ला पूर्णरूपमा आत्मनिर्भर भएको देखाएको हो । केन्द्रका.....

चट्याङले जन धनको क्षति बढ्दै गएपछि चट्याङप्रतिरोधी उपकरण जडान

चट्याङले जन धनको क्षति बढ्दै गएपछि चट्याङप्रतिरोधी उपकरण जडान

२९ जेष्ठ २०७६, बुधबार ०८:३३

खोटाङ । चट्याङबाट सुरक्षित रहनका लागि केपिलासगढी गाउँपालिकाको बाक्सिलाबजारमा चट्याङप्रतिरोधी उपकरण जडान गरिएको छ । गाउँपालिकाको दुई लाख र स्वीस सरकारद्वारा सञ्चालित सवल परियोजनाको दुई लाख ५३ हजार ५०० को सहयोगमा उपकरण खरीद गरेर जडान गरिएको हो । गाउँपालिकामा जडान गरिएको चट्याङप्रतिरोधी उपकरणले ८००.....