समाज


नक्कली प्रमाणपत्रका आधारमा प्रहरी हवल्दार बनेका विरुद्ध मुद्दा दायर

नक्कली प्रमाणपत्रका आधारमा प्रहरी हवल्दार बनेका विरुद्ध मुद्दा दायर

१० माघ २०७५, बिहीबार १५:४९

काठमाडौं । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी प्रहरीमा भर्ना भएकी प्रहरी हवल्दार चन्द्रा भण्डारीविरुद्ध विषेश अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी हवल्दार भण्डारीले प्रहरी सेवामा प्रवेश गर्दा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको भन्दै विषेश अदालतमा.....

काठमाडौंको गौशालाबाट १ किलो सुनसहित ६ जना पक्राउ

काठमाडौंको गौशालाबाट १ किलो सुनसहित ६ जना पक्राउ

१० माघ २०७५, बिहीबार १२:४८

कामठाडौं । प्रहरीले काठमाडौंको गौशालाबाट भन्सार छली गरिएको एक किलो सुनसहित ६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले बुधबार राति वैदेशिक रोजगारीबाट फर्केकाहरुमार्फत ल्याइएको भन्सार छलीको करिब एक किलोबराबरका ९ थान सुनका बाला बरामद गरेको हो । पक्राउ पर्नेमा सिराहा.....

सर्वसाधरण कुट्ने २ प्रहरी  निलम्बित

सर्वसाधरण कुट्ने २ प्रहरी निलम्बित

१० माघ २०७५, बिहीबार १०:४५

कामठाडौं । सामान्य बिवादमा सर्वसाधारणलाई कुटपिट गर्ने एक प्रहरी निलम्बनमा परेका गरेका छन् । बागलुङ गलकोट नगरपालिका–६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई कुटपिट गर्ने दुई प्रहरी जवानलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । २०७५ पुस २९ गते इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी.....

रुखबाट लडेर एक महिलाको मृत्यु

रुखबाट लडेर एक महिलाको मृत्यु

१० माघ २०७५, बिहीबार १०:२०

कामठाडौं । दाङमा घाँस काट्न जंगल गएकी महिलाको रुखबाट लडेर मृत्यु भएको छ । दाङको गडवा गाँउपालिका ५ स्थित सामुदायिक वनमा घाँस काट्न गएकी स्थानीय देवी गिरीको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बुधबार साँझ घाँस काट्दै गरेका बेला गिरीको रुखबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले.....

चिसोका कारण काठमाडौंमा एक जनाको मृत्यु

चिसोका कारण काठमाडौंमा एक जनाको मृत्यु

१० माघ २०७५, बिहीबार १०:०७

काठमाडौं । चिसोका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका १५ भुइँखेलस्थित सडक किनारामा अन्दाजी ४० वर्षीय एक पुरुष मृत फेला परेका छन् । बुधबार बेलुकी सडक छेउमा मृत फेला परेको र उनको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । मृतकको शवको पोष्टमार्टमकालागि शिक्षण अस्पताल लगिएको प्रहरीले.....

चौँरीगाई बेंसी सारिए

चौँरीगाई बेंसी सारिए

९ माघ २०७५, बुधबार १५:३३

रसुवा । रातभरको भारी वर्षाका कारण आज यहाँको उत्तरी क्षेत्रमा हिमपात भएको छ । रातभर पानी परेको र समुद्री सतहदेखि करीब दुई हजार १०० मिटरसम्म हिमपात हुँदा उत्तरी रसुवाको जनजीवन प्रभावित भएको छ । उत्तरी क्षेत्रका लाङटाङ, चन्दनबारी, गतलाङ, थुमनको नाकथली, यार्साको माथिल्लो भेकलगायत क्षेत्रको जनजीवन बढी कष्टकर.....

अभिलाष तामाङमाथि प्रहरीले चलायाे गोली

अभिलाष तामाङमाथि प्रहरीले चलायाे गोली

८ माघ २०७५, मंगलवार १९:०१

काठमाडौं । नयाँ बसपार्कमा गोली चलेको छ। प्रहरीले एक जना माथि गोली प्रहार गरेको छ। काभ्रेपाल्नचोका अभिलाष तामाङमाथि प्रहरीले गोली चलाएको हो। हातहतियार सहित एक युवक आएको जानकारी आएपछि प्रहरी टोली पुग्दा प्रहरी माथि गोली चलाएकाले जवाफी फायर गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होविन्द्र बोगटीले.....

तीन राजदूत अनुमोदित

तीन राजदूत अनुमोदित

८ माघ २०७५, मंगलवार १६:४५

काठमाडौँ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सरकारद्वारा विभिन्न मुलुकमा सिफारिश भएका तीन राजदूतलाई आज अनुमोदन गरेको छ । समिति बैठकले राजदूतमा सिफारिश भएका क्यानडाका लागि भृगु ढुङ्गाना, स्वीट्जरल्याण्डका लागि मणिप्रसाद भट्टराई र कुवेतका लागि दुर्गाप्रसाद भण्डारीलाई अनुमोदन गरेको हो । बैठकमा.....

बैङ्क तथा वित्तीय संस्थाले दिने अटोलोन बढ्यो, ५ महिनामा ९६५ करोड पुग्यो

बैङ्क तथा वित्तीय संस्थाले दिने अटोलोन बढ्यो, ५ महिनामा ९६५ करोड पुग्यो

८ माघ २०७५, मंगलवार १६:३५

काठमाडौं । चालू आर्थिक वर्षको ५ महिनामा बैङ्क तथा वित्तीय संस्थाले दिने अटोलोन बढेको छ । गत मङ्सिरसम्म अटोलोन ५.६ प्रतिशत बढेर ९ अर्ब ६५ करोड ८६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैङ्क तथा वित्तीय संस्थाको अटोलोन ४.७ प्रतिशतले वृद्धि भएर ७ अर्ब सात करोड ६१ लाख रुपैयाँ पुगेको थियो । हालसम्म.....

तीन समूह ओरालो लाग्दा नेप्से स्थिर, तामाकोसीको बढी कारोबार

तीन समूह ओरालो लाग्दा नेप्से स्थिर, तामाकोसीको बढी कारोबार

८ माघ २०७५, मंगलवार १५:१४

काठमाडौं । कारोबार सुरु भएदेखि नै घट्न थालेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) तीव्र उतराचढावबीच स्थिर अवस्थामा रोकिएको छ । ११६७ अङ्कबाट सुरु भएको नेप्से सूचक ५ अङ्कसम्म घटेको थियो । त्यसपछि लगातार उकालो लाग्दै ३ अङ्कको सुधारपछि फेरि ओरालो लाग्दै स्थिर रहेर बन्द भएको हो । १ सय ५६ कम्पनीका १० लाख २४ हजार कित्ता.....