पूर्वाधार


विकासमा लापरवाही: सवस्टेशनको निर्माण सक्न एघार वर्ष

विकासमा लापरवाही: सवस्टेशनको निर्माण सक्न एघार वर्ष

१२ फाल्गुन २०७५, आईतवार ०८:१७

काठमाडौं। सामान्यतया एउटा सवस्टेशनको निर्माण सक्न कति समय लाग्ला ? नेपाल विद्युत् प्राधिकरणका अनुसार लगातार काम भयो भने बढीमा डेढ वर्ष । तर प्राधिकरणले नै निर्माण गरेको एक सवस्टेशन सम्पन्न गर्न करीब ११ वर्ष लागेको छ । सल्यान जिल्लाको शीतलपाटीमा रहेको ३३/११ किलोभोल्ट क्षमताको सवस्टेशनको निर्माण सम्पन्न.....

जुम्ला–डोल्पा जोड्ने पक्की पुल वर्षौँदेखि अलपत्र

जुम्ला–डोल्पा जोड्ने पक्की पुल वर्षौँदेखि अलपत्र

१२ फाल्गुन २०७५, आईतवार ०५:५४

सिञ्जा । जुम्लादेखि डोल्पा जोड्ने पक्की पुल वर्षौदेखि अलपत्र अवस्थामा छ । चन्दननाथ नगरपालिका–१ दानसाँघुमा विगत सात वर्षदेखि निर्माण भइरहेको पक्की पुल अलपत्र अवस्थामा छ । ६० मिटर लम्बाइ रहेको उक्त पुल विसं २०६८ असार १५ बाट निर्माणकार्य थालनी गरिएको थियो । जुम्ला हुँदै डोल्पा जोड्ने दाँनसाघु पक्की पुलमा.....

पुल नबन्दा सास्ती

पुल नबन्दा सास्ती

१० फाल्गुन २०७५, शुक्रबार १३:२२

म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत दुखुखोलामा मोटर चल्ने पुल निर्माणमा भएको ढिलासुस्तीले यात्रुलाई सास्ती भएको छ । प्राविधिक कमजोरी, सम्बद्ध कार्यालयको ढिलासुस्ती र निर्माण व्यवसायीको लापर्वाहीका कारण मङ्गला र मालिका गाउँपालिकाको सिमानास्थित दुखुखोलामा आठ वर्षअघि शुरु गरिएको पुल अहिलेसम्म बनेको.....

तीन वर्षभित्र देशैभर विद्युत् विस्तार– मन्त्री पुन

तीन वर्षभित्र देशैभर विद्युत् विस्तार– मन्त्री पुन

१० फाल्गुन २०७५, शुक्रबार १३:१७

तुलसीपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको तीन वर्षभित्र देशैभर विद्युत् विस्तार हुने बताएका छन् । रिपोर्टर्स क्लब दाङ शाखाले शुक्रबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले नेपालको पानी र जनताको लगानीलाई सार्थक तुल्याउने काम भइरहेको उल्लेख गरे । “विभिन्न स्थानमा.....

पेप्सीकोला– सल्लाघारी सडक विस्तार अघि बढेन

पेप्सीकोला– सल्लाघारी सडक विस्तार अघि बढेन

१० फाल्गुन २०७५, शुक्रबार १२:३६

काठमाडौँ । पेप्सीकोलाबाट सल्लाघारीसम्मको सडक विस्तारको काम अघि बढ्न सकेको छैन । यो सडकमा ठेक्का सम्झौता भएको झण्डै दुई वर्षमा भौतिक प्रगति १० प्रतिशत मात्रै भएको छ । मापदण्डअनुसार सडक खाली नहुँदा भौतिक प्रगति न्यून रहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले बताएको छ । बाहखा बजारबाट सल्लाघारीतर्फ.....

दुई सडक कालोपत्र सुरु

दुई सडक कालोपत्र सुरु

१० फाल्गुन २०७५, शुक्रबार १२:१७

मङ्गलबारे । चालू आर्थिक वर्षको बजेट योजनाबाट इलामको माङ्सेबुङ र फाकफोकथुम गाउँपालिकामा दुई सडक कालोपत्र गर्न सुरू गरिएको छ । जिल्लामै पहिलोपटक ग्रामीण भेगमा हुन लागेको कालोपत्र योजनाको सुरूआत भएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग.....

कालीगण्डकीमा रोकिएका पक्की पुल निर्माण सुरु गरिने

कालीगण्डकीमा रोकिएका पक्की पुल निर्माण सुरु गरिने

१० फाल्गुन २०७५, शुक्रबार १०:१८

बेझाड । कालीगण्डकीमा निर्माणकार्य रोकिएका पक्की पुल तत्काल सञ्चालन गरिने भएको छ । पाल्पाको रामपुर र चापाकोट जोड्ने प्याक्लुकघाट र निर्दिमघाटको पुल शिलान्यास भएर पनि लामो समय बितिसक्दा निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन । सो पुल तत्काल निर्माण गर्न प्रक्रिया अगाडि बढाउने नेपाल सरकारका मुख्यसचिव.....

८० हजार किमि सडककोे जिम्मा कसले लिने

८० हजार किमि सडककोे जिम्मा कसले लिने

९ फाल्गुन २०७५, बिहीबार १७:५३

काठमाडाैं । देशभरका झण्डै ८० हजार किलो मिटर सडकको निर्माण, स्तरोन्नति र सुधारको काम कसले गर्ने भन्ने टुङ्गो लागेको छैन । देश नयाँ संरचनामा गएपछि कुनकुन र कस्ता सडक कसले जिम्मेवारी लिने भन्ने टुङ्गो लागि नसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बताएको छ । पहिले अधिकांश सडकको जिम्मेवारी सङ्घको भए.....

कुशहा–बेल्ही सडक निर्माण सुरु

कुशहा–बेल्ही सडक निर्माण सुरु

९ फाल्गुन २०७५, बिहीबार १२:१५

लहान । लामो समयदेखि अलपत्र छाडेको सप्तरीको कुशाहा–बेल्ही सडकको काम ठेकेदार कम्पनीले पुनः सुरु गरेको छ । राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत निर्माणाधीन उक्त सडकको कामले निरन्तरता पाएको हो । सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने समयसीमा २०७३ साउन १० गते नै सकिए पनि ठेकेदार कम्पनीले.....

विस्थापितको आशा पुनर्जीवित पार्दै निर्माणाधीन तातोपानी नाका

विस्थापितको आशा पुनर्जीवित पार्दै निर्माणाधीन तातोपानी नाका

९ फाल्गुन २०७५, बिहीबार ११:२८

नेपाल चीन सीमा क्षेत्रबाट केही घण्टा पैदल यात्राको दुरीमा बस्छन् २३ वर्षका विशाल तामाङ । २०७२ सालको विनाशकारी भूकम्पपछि तातोपानी–खासा नाका बन्द भयो, र तामाङ रोजगारी तथा परिवारको जीविकोपार्जनमा सहयोग जुटाउन वैदेशिक रोजगारीको बाटो रोजी मलेसिया पुगे । तर, सो प्रकोपको तीन वर्षपछि अहिले तामाङ देश फर्केका.....