समाचार


नेपाली स्याट–१ ले असार २ देखि पृथ्वीको परिक्रमा गर्ने

नेपाली स्याट–१ ले असार २ देखि पृथ्वीको परिक्रमा गर्ने

२७ जेष्ठ २०७६, सोमबार १५:३८

ललितपुर । नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक गत वैशाख ४ गते उक्त भूउपग्रह प्रक्षेपण गरेको थियो । डेढ महिनाअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भूउपग्रहले.....

लडाकू विमान दुर्घटनाग्रस्त हुनुमा मानवीय त्रुटि – जापान

लडाकू विमान दुर्घटनाग्रस्त हुनुमा मानवीय त्रुटि – जापान

२७ जेष्ठ २०७६, सोमबार १४:३५

टोकियो । जापानमा गत अप्रिलमा भएको एक लडाकू विमान दुर्घटना हुनुमा मानवीय त्रुटि रहेको जापानको रक्षा मन्त्रालये जनाएको छ । अमेरिकामा निर्मित अत्याधुनिक एफ–३५ए लडाकू विमान जापानको समुद्रमा खसेको थियो । मन्त्रालयले विमान दुर्घटनाका कारण स्थगित रहेका कार्यक्रम पुनः शुरु गर्न लागिएको जनाएको छ । रक्षा.....

कजाखस्तानको राष्ट्रपतिमा टोकायेभ निर्वाचित

कजाखस्तानको राष्ट्रपतिमा टोकायेभ निर्वाचित

२७ जेष्ठ २०७६, सोमबार १४:०९

नूरसुल्तान । कजाखस्तानको राष्ट्रपतिमा कासिम–जोमार्ट टोकायेभ ७० प्रतिशतभन्दा बढी मत प्राप्त गरी विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार नवनिर्वाचित राष्ट्रपति टोकायेभले ७०.७६ प्रतिशत र उनका निकटवर्ती अमिरझान कोसानोभले १६.२ प्रतिशत मत प्राप्त गरेका थिए । टोकायेभलाई कजाखस्तानका राष्ट्रपिता नूरसुल्तान.....

गुठी विधेयक संविधानको अनुकूल छः मन्त्री अर्याल

गुठी विधेयक संविधानको अनुकूल छः मन्त्री अर्याल

२७ जेष्ठ २०७६, सोमबार १३:५८

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालको धर्म, संस्कृति, परम्परा र मौलिकतालाई जोगाउने गरी नै गुठी विधेयक ल्याइएको बताएकी छन् । राष्ट्रिय सभाको आजको बैठकमा विधेयकबारे सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले भनिन्, “गुठी विधेयक संविधानको प्रतिकूल.....

स्थानीय तहका लागि खोलिएको विज्ञापन रद्द गर्न निर्देशन

स्थानीय तहका लागि खोलिएको विज्ञापन रद्द गर्न निर्देशन

२७ जेष्ठ २०७६, सोमबार १३:५२

काठमाडौँ । प्रतिनिधिसभा राज्य व्यवस्था समितिले स्थानीय तहको विभिन्न पदको लागि लोकसेवा आयोगले प्रकाशन गरेको पछिल्लो विज्ञापन रद्द गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकले उक्त विज्ञापन संविधानको मर्म र भावना अनुरुप नदेखिएको जनाउँदैँ विज्ञापन तत्काल रद्द गर्न गराउन सङ्घीय मामिला तथा सामान्य प्रशासन.....

दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष पदका लागि दरखास्त आह्वान, यस्ता छन् योग्यता

दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष पदका लागि दरखास्त आह्वान, यस्ता छन् योग्यता

२७ जेष्ठ २०७६, सोमबार १३:१२

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ । सोमबार सार्वजनिक सूचना प्रकाशित गर्दै मन्त्रालयले पदका लागि योग्य नागरिकलाई आवेदन माग गरेको हो । कार्यकारी अध्यक्ष पदबाट दिगम्बर झाले राजीनामा दिएपछि प्राधिकरणको कार्यबाहक.....

जगदगुरु रामानन्दाचार्य महायोगी अस्ट्रेलिया जाँदै

जगदगुरु रामानन्दाचार्य महायोगी अस्ट्रेलिया जाँदै

२७ जेष्ठ २०७६, सोमबार १२:४१

नेपालका जगदगुरु रामानन्दाचार्य महायोगी सिद्दबाबा महायोग ध्यान साधना सञ्चालन गर्न अस्ट्रेलिया जाने भएका छन् । पटकपटक जमिनमुनी ९ दिनसम्म विनाअक्सिजन भू–समाधि लिएर विश्वलाई नै आश्चार्यचकित बनाएका जगदगुरु महायोगी सिद्दबाबा नेप्लिज हिन्दु समाज अस्ट्रेलियाको विशेष अग्रहमा त्यहाँ जान लागेका हुन् । नेप्लिज.....

चितवनमा ९० किलो गाँजा बरामद

चितवनमा ९० किलो गाँजा बरामद

२७ जेष्ठ २०७६, सोमबार १२:२०

मुग्लिन । चितवनमा प्रहरीले ९० किलो गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यको नेतृत्वमा खटिएको टोलीले पूर्वी चितवनको राप्ती नगरपालिका–१२ परखाल भन्ने ठाउँबाट गाँजा बरामद गरेको हो । विशेष सुराकीका आधारमा सो परिमाणको गाँजा बरामद गरिएको प्रहरी निरीक्षक.....

मुसीकोट छाउपडी प्रथा नभएको र पूर्ण खोप सुनिश्चित नगर घोषित

मुसीकोट छाउपडी प्रथा नभएको र पूर्ण खोप सुनिश्चित नगर घोषित

२७ जेष्ठ २०७६, सोमबार ०९:२०

रुकुमपश्चिम । मुसीकोट नगरपालिकालाई छाउपडी प्रथा नभएको नगर घोषणा गरिएको छ । नगरमा छाउपडी प्रथाको कुनै अवशेष नरहेको भन्दै नगरलाई छाउपडी प्रथा नरहेको घोषणा गर्दै यसलाई सफल पार्न पाँच बुँदे प्रतिबद्धता पनि व्यक्त गरिएको छ । विद्यालयमा निःशुल्क प्याडको व्यवस्था गर्ने, यससम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन.....

चितुवा आक्रमणमा मृत्यु भएकी बालिकाको परिवारलाई राहत

चितुवा आक्रमणमा मृत्यु भएकी बालिकाको परिवारलाई राहत

२७ जेष्ठ २०७६, सोमबार ०९:०५

दमौली । चितुवाको आक्रमणमा परी ज्यान गुमाएकी तनहुँको भानु नगरपालिका–२ भकुण्डथोक निवासी नौ वर्षीया पुष्पा अधिकारीको परिवारलाई राहत प्रदान गरिएको छ । डिभिजन वन कार्यालय तनहुँले तत्कालका लागि ५० हजार राहत प्रदान गरेको हो । उक्त रकम मृतककी आमा दुर्गा अधिकारीलाई प्रदान गरिएको डिभिजन वन कार्यालय तनहुँका.....