गलकोट । सरकारले बागलुङ जिल्लाको पर्यटकीय गन्तव्यको विकासका लागि पाँच करोड पाँच लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । पर्यटकीय क्षेत्रका लागि आवश्यक पूर्वाधार निर्माणसँगै प्रवद्र्धन गर्नका लागि बजेट विनियोजन भएको सङ्घीय सांसद डा सूर्य पाठकले जानकारी दिए । बागलुङ जिल्लाको पर्यटकीय गन्तव्यको रूपमा सूचीकृत.....
बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी जुन १२ देखि १६ सम्म किर्गिजस्तान र ताजिकिस्तानको भ्रमण गर्ने भएका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङका अनुसार राष्ट्रपति सी किर्गिजस्तानको राजधानी विश्केकमा आयोजना हुने १९औं शाङ्घाई सहयोग संगठन (एससीओ) को बैठकमा सहभागी हुनेछन् । उक्त बैठकमा.....
मनिला । फिलिपिन्समा भएको ट्रक दुर्घटनामा परी दुई बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ । विवाहपूर्वको एउटा सांस्कृतिक कार्यक्रममा सहभागी हुन गइरहेका बेला भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । दुर्घटनामा परेको ट्रकमा ५३ जना सवार थिए । पहाडी.....
खस्यौली । प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा पुँजी बजारको दोस्रो सेयर बजारबाट लाभ लिन लगानीकर्ता उत्साहित देखिएका छन् । पुँजी बजारमा प्रवेश गरेका नयाँ युवा लगानीकर्ताले बजारको रणनीति, प्रवृत्तिबारे जानकारी लिनुका साथै बजारमा देखिने नकारात्मक विषयबाट आफूलाई सुरक्षित गरेर नाफा आर्जन गर्न उत्साहित.....
बाँके । सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ मा बाँकेका आठ स्थानीय तहका लागि दुई अर्ब ९० करोड ११ लाख रुपैयाँ विनियोजन गरेको छ । सरकारले वित्तीय समानीकरण अनुदानतर्फ एक अर्ब ३२ करोड २३ लाख र सःशर्त अनुदानतर्फ एक अर्ब ५७ करोड ८८ लाख विनियोजन गरेको हो । सङ्घीय सरकारले बाँकेका स्थानीय तहमध्ये सबैभन्दा बढी.....
काठमाडौं । एनआइसी एसिया बैङ्कका ‘चीफ कर्पोरेट एन्ड प्रायोरिटी लोन्स अफिसर–चिफ सर्पोट अफिसर’ सुदीप खनालले जागिर छाडेका छन् । खनालले घरायसी समस्या देखाउँदै एनआइसी एसिया बैङ्क छाडेको बताइएकोे छ । केही समयअघि मात्रै नेपाल एसबीआई बैङ्क छाडेर एनआईसी एसियामा आवद्ध भएका थिए । तर, छोटो अवधिमै उनले एनआईसी छाडेका.....
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युरोपका विभिन्न मुलुकको भ्रमणका क्रममा केही बेरअघि कतारको दोहाबाट स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली जेनेभामा हुने अन्तराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकी समारोहमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युरोप भ्रमणमा छन्.....
परासी । पश्चिम नवलपरासीस्थित समुदायस्तरबाट वन संरक्षणको जिम्मा लिएको एक वन उपभोक्ता समूहले नै शङ्कास्पद गतिविधि गरेको पाइएपछि डिभिजन वन कार्यालय परासीले समूहका सम्पूर्ण काम कारवाही रोक्का गर्न निर्देशन दिएको छ । समूहकै पदाधिकारीले अवैधरूपमा रुख कटान गरी तस्करी गर्न लागेको उजुरीको आधारमा सुनवलस्थित.....
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्ने बताएकी छिन्। त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको आइतबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले दिगो विकासका लक्ष्यलाई.....
लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङमा स्थानीय सरकारद्वारा एक मोटरेवल पुल निर्माण गरिएको छ । बेसीँशहर नगरपालिकाले नगरभित्र पक्की संचरना बनाउने अभियानअन्तर्गत बेँसीशहरको झ्याङखोलास्थित विद्या विकास विद्यालय नजिकै वडा नं ८ मा रहेको मोटरेवल पुल निर्माण गरेको हो । पुल निर्माण सम्पन्नसँगै.....