समाचार


गाउँपालिकाले नै गरिदियो विपन्न परिवारको स्वास्थ्य बीमा

गाउँपालिकाले नै गरिदियो विपन्न परिवारको स्वास्थ्य बीमा

२४ जेष्ठ २०७६, शुक्रबार १३:३४

कास्की । जिल्लाको माछापुच्छ्रे गाउँपालिकाले विपन्न तथा गरीब घरपरिवार छनोट गरी उनीहरुको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । गाउँपालिकाले चालू आवमा वडा नं १ देखि ६ सम्मका १४२ घरधुरी छनोट गरी उनीहरुको स्वास्थ्य बीमा गरेको हो । आर्थिक अभावमा स्वास्थ्य सेवा पाउनबाट गाउँपालिकाभित्रका कोही पनि नागरिक वञ्चित.....

बाराको डुमरबानामा आगलागी हुँदा ७ जना घाइते, २ को अवस्था गम्भीर

बाराको डुमरबानामा आगलागी हुँदा ७ जना घाइते, २ को अवस्था गम्भीर

२४ जेष्ठ २०७६, शुक्रबार १२:२८

जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ मा चिया बनाउने क्रममा ग्याँस लिक भएर आगलागी हुँदा एकै परिवारका चारसहित सात जना गम्भीर घाईते भएका छन् । स्थानीय सुकुमाया ब्लोनको घरमा शुक्रबार बिहान सिलिन्डरको रेगुलेटर जोड्ने क्रममा आगलागी हुँदा एकै परिवारका चार जना ६७ वर्षीय नजरमान थिङ, ज्ञानीमाया भनिने.....

स्वतन्त्रपूर्वक काम गर्न नपाएको भन्दै प्रदेश ३ का मुख्य न्यायाधिवक्ताले दिए पदबाट राजीनामा

स्वतन्त्रपूर्वक काम गर्न नपाएको भन्दै प्रदेश ३ का मुख्य न्यायाधिवक्ताले दिए पदबाट राजीनामा

२४ जेष्ठ २०७६, शुक्रबार ११:५९

काठमाडौं । प्रदेश ३ का मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री डोरमणि पौडेल अस्वस्थ्य भई उपचार गराइरहेका बेला उनले राजीनामा दिएका हुन् । न्यौपानेले प्रमुख सचिव आनन्दराज ढकालमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएको बताए । पदमा रहँदा स्वतन्त्रपूर्वक काम.....

५ ओटा विद्यालयलाई ल्यापटप वितरण

५ ओटा विद्यालयलाई ल्यापटप वितरण

२४ जेष्ठ २०७६, शुक्रबार ११:३२

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाका पाँच ओटा विद्यालयलाई ल्यापटप वितरण गरिएको छ । सामुदायिक विद्यालयमा आधुनिक सूचना प्रविधिको पहुँच वृद्धि गरी प्रशासनिक र शिक्षण विधिमा सुधार गर्न सहयोग पुर्याउने उद्देश्यले बिहीबार १५ थान ल्यापटप वितरण गरिएको हो । दक्षिण कोरियाको अम हङ गिल हुमन फाउण्डेशनले.....

बर्दियामा तीन घाइते, चार दर्जन घरमा क्षति

बर्दियामा तीन घाइते, चार दर्जन घरमा क्षति

२४ जेष्ठ २०७६, शुक्रबार १०:५७

बर्दिया । बिहीबार राति आएको हावाहुरीले बर्दियामा तीन जना घाइते हुनुका साथै झण्डै चार दर्जन घरमा क्षति भएको छ । राजापुर नगरपालिका–२ का २० वर्षीया अनु थारूको टाउकोमा चोट लागेको छ । सोही समयमा नै बासगढी नगरपालिका २७ वर्षीया सुनिता विक र निजका पाँच वर्षीय छोरा नारायण विकको हातखुट्टामा चोट लागेको प्रहरी नायब.....

बेपत्ता भएको ७० वर्षपछि काजकिरिया

बेपत्ता भएको ७० वर्षपछि काजकिरिया

२४ जेष्ठ २०७६, शुक्रबार १०:३८

दाङ । दाङमा मान्छे हराएको ७० वर्षपछि काजकिरिया गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ का गेहेन्द्रबहादुर बस्नेत र उनकी श्रीमती रेवती बस्नेतले ७० वर्षपछि बुबाको १३ दिनसम्म किरिया गर्न सुरु गर्नुभएको छ । बुबा मोतीलाल बस्नेत ३० वर्षको हुँदा विसं २००६ मा घरबाट भारत जान भनी निस्के पनि अझैसम्म नआएका उनले बताए.....

व्यावसायिक खेतीका लागि माटो परीक्षण

व्यावसायिक खेतीका लागि माटो परीक्षण

२४ जेष्ठ २०७६, शुक्रबार १०:१०

खोटाङ । माटोको उर्वराशक्तिअनुसार व्यावसायिक खेती लगाउने उद्देश्यले जन्तेढुङ्गा गाउँपालिकामा माटो परीक्षण सुरु गरिएको छ । गाउँपालिकाभित्रका हरेक ठाउँका माटोको अवस्था र उर्वराशक्तिबारे जानकारी लिएर सोहीअनुसारको खेती गर्ने उद्देश्यले माटो परीक्षण सुरु गरिएको हो । गाउँपालिकाभित्रका छ ओटै वडाका माटोको.....

नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाट डिजेल मात्रै आउने

नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाट डिजेल मात्रै आउने

२४ जेष्ठ २०७६, शुक्रबार ०९:००

काठमाडौं । बहुचर्चित नेपाल(भारत पेट्रोलियम पाइपलाइनको निर्माण एक महिनामा सकिने र परीक्षण सुरु हुने अधिकारीहरूले बताएका छन्। तर लामो समयदेखि चर्चामा रहेको र सरकारले आफ्नो गौरवको विषय बनाएको पाइपलाइनबाट सुरुमा सबैखाले पेट्रोलियम पदार्थ भने नेपाल ल्याइनेछैन। त्यसको कारण हो नेपाल आयल निगमको भण्डारण.....

पश्चिम नेपालको तराईमा भीषण हावाहुरी, २ जनाको मृत्यु, एक सय बढी घाइते

पश्चिम नेपालको तराईमा भीषण हावाहुरी, २ जनाको मृत्यु, एक सय बढी घाइते

२४ जेष्ठ २०७६, शुक्रबार ०८:५१

कञ्चनपुर । पश्चिम नेपालको तराईमा आएको हावाहुरीले दुई जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् । कञ्चनपुर र कैलालीमा बिहीबार साँझ करिब १ घण्टासम्म चलेको हावाहुरीका कारण मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका स्थित मझगाउँ बस्ने वर्ष २६ का बीरबहादुर चौधरी र कैलाली कै टिकापुरका लहानु डंगौरा.....

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

२४ जेष्ठ २०७६, शुक्रबार ०८:२६

चितवन । पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डमा शुक्रबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ । चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बिहान ३ः३० बजे पहिरो खसेको थियो । बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । सडक.....