समाचार


मोटरसाइकल चोरी गर्ने गिरोहका पाँच पक्राउ

मोटरसाइकल चोरी गर्ने गिरोहका पाँच पक्राउ

२८ जेष्ठ २०७६, मंगलवार ०९:२३

कलैया । मोटरसाइकल चोरी गर्ने गिरोहका पाँच जनालाई बारा प्रहरीले सोमबार पक्राउ गरेको छ । नेपाल–भारतको विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरी नेपाल तथा भारतमा बिक्री गर्ने ती गिरोहका व्यक्तिलाई पक्राउ गरेको प्रहरी प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिए । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–९ बस्ने वर्ष.....

प्रधानमन्त्रीद्वारा अक्सफोर्ड विश्वविद्यालय युनियनलाई सम्बोधन

प्रधानमन्त्रीद्वारा अक्सफोर्ड विश्वविद्यालय युनियनलाई सम्बोधन

२८ जेष्ठ २०७६, मंगलवार ०९:१०

प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, लोकतन्त्र र विकास एकअर्काका परिपूरक भएको बताउँदै नेपालले समग्र लोकतन्त्रलाई जोड दिएको बताएका छन् । अक्सफोर्ड विश्वविद्यालय युनियनको अतिथि वक्ताको रूपमा आमन्त्रित प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समृद्धिलाई सँगसँगै लैजानुपर्ने विषयलाई प्राथमिकता दिएको.....

काभ्रेपलाञ्चोकमा करेन्ट लागेर एकको मृत्यु

काभ्रेपलाञ्चोकमा करेन्ट लागेर एकको मृत्यु

२८ जेष्ठ २०७६, मंगलवार ०९:०२

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–८ स्थित गैरापाटीमा एक व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी निरीक्षक दीपक रायका अनुसार सोमबार बेलुका फ्युज गएर मिलाउन भन्दै बिजुलीको ट्रान्सफर्मरमा चढेको र करेन्ट लागेर मृत्यु भएको हो । मुत्यु हुनेमा.....

अनुसन्धानमा बजेट बढाउनु पर्ने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको निश्कर्ष, १७ बुँदे घोषणापत्र जारी गर्दै सम्मेलन सकियो

अनुसन्धानमा बजेट बढाउनु पर्ने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको निश्कर्ष, १७ बुँदे घोषणापत्र जारी गर्दै सम्मेलन सकियो

२८ जेष्ठ २०७६, मंगलवार ०८:३४

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनले उच्च शिक्षाको सुधारसम्बन्धी १७ बुँदे घोषणापत्र पारित गरेको छ । सोमबार सम्पन्न सो दुईदिने सम्मेलनले पाठ्यक्रम निर्माण लचिलो हुने र परम्परागत मानसिकता माथि उठ्ने,.....

प्रम ओली तथा टर्कीका उपराष्ट्रपतिबीच भेटवार्ता

प्रम ओली तथा टर्कीका उपराष्ट्रपतिबीच भेटवार्ता

२७ जेष्ठ २०७६, सोमबार १७:४२

काठमाडौँ । युरोप भ्रमणका क्रममा स्विट्जरल्याण्डको जेनेभामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज त्यहाँस्थित राष्ट्रसङ्घीय भवनमा टर्कीका उपराष्ट्रपति फुआत ओक्तेसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । उनीहरुबीच दुई देशबीचको आपसी सम्बन्ध र हितका बारेमा छलफल भयो । भेटका अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार.....

त्रिभुवन विमानस्थल ‘रनवे रिह्याब’को मुख्य काम सकियो

त्रिभुवन विमानस्थल ‘रनवे रिह्याब’को मुख्य काम सकियो

२७ जेष्ठ २०७६, सोमबार १७:३४

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति ‘रनवे रिह्याब’ को मुख्य काम सकिएको छ । विमानस्थलको तीन हजार ५० मिटर लामो धावनमार्गको पहिलो चरणको कालोपत्र ‘पिच’ सम्पन्न भएको विमानस्थलले जनाएको छ । धावनमार्ग स्तरोन्नतिको पहिलो चरणको मुख्य काम सकिएको नेपाल नागरिक उड्डयन प्राधिकरण.....

घाइते महिलाको हवाई जहाजबाट उद्धार

घाइते महिलाको हवाई जहाजबाट उद्धार

२७ जेष्ठ २०७६, सोमबार १७:०४

मार्तडी । बाजुराको बूढीनन्दा नगरपालिका–४ कुरुमा आइतबार दिउँसो खोलामा नुहाउन गएका बेला ढुङ्गा लागेर घाइते भएकी एक महिलाको हवाई जहाजबाट उद्धार गरिएको छ । उक्त नगरपालिकाको कुरु माइती घर भई हाल बडिमालिका नगरपालिका–३ रजालीकी २४ वर्षीया सरिता रोकायालाई वडाध्यक्ष राजन रोकायाको समन्वय र सुदूरपश्चिम प्रदेश.....

रैथाने जातका धानको बीउ लोप हुँदै

रैथाने जातका धानको बीउ लोप हुँदै

२७ जेष्ठ २०७६, सोमबार १६:३७

रामपुर । पाल्पा जिल्लामा उत्पादन हुने रैथाने जातका धानको बीउ पछिल्लो समय हराउँदै गएको छ । पहिले पहिले परम्परागत ढङ्गबाट रोपिने बर्मेली, अनदी, जर्नेली, बातिसरो, थापाचिनी, बासमति, झिनुवा, आमझोत्ते,लगायतका धानको बीउ लोपोन्मुख अवस्थामा रहेको किसानको भनाइ छ । पछिल्लो समय बजारमा पाइने विभिन्न थरिका धानको बीउबाट.....

आलु खेतीबाट आम्दानी

आलु खेतीबाट आम्दानी

२७ जेष्ठ २०७६, सोमबार १६:३०

डडेल्धुरा । बेमौसमी आलु खेतीबाट डडेल्धुराका किसानले राम्रो आम्दानी गर्ने गरेका छन् । अमरगढी नगरपालिकाको ११ मध्ये वडा नं १, २, ३, ६, ७, ८ र १० मा किसानले व्यावसायिक रुपमा आलुखेती गर्ने गरेका छन् । जिल्लाको उत्पादनशील विभिन्न स्थानमा आलुखेती वृद्धि भइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख दिलबहादुर विष्टले बताए.....

बजेटको प्रभावकारी कार्यान्वयनमा शङ्का छः सांसद

बजेटको प्रभावकारी कार्यान्वयनमा शङ्का छः सांसद

२७ जेष्ठ २०७६, सोमबार १५:४३

काठमाडौँ । राष्ट्रियसभाका सदस्यले बजेट जनमुखी भए पनि प्रभावकारी कार्यान्वयनमा चुनौती हुने शङ्का व्यक्त गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७६/०७७ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफलमा भाग लिँदै सांसद खिमलाल भट्टराईले बजेटले गरीब किसान र मजदूरलगायत सबै समुदायलाई.....