कार्यकारी अध्यक्ष पदबाट दिगम्बर झाले राजीनामा दिएपछि प्राधिकरणको कार्यबाहक अध्यक्षमा छ मिहनाका लागि पुरुषोत्तम खनाल नियुक्त भएका थिए ।
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ । सोमबार सार्वजनिक सूचना प्रकाशित गर्दै मन्त्रालयले पदका लागि योग्य नागरिकलाई आवेदन माग गरेको हो ।
कार्यकारी अध्यक्ष पदबाट दिगम्बर झाले राजीनामा दिएपछि प्राधिकरणको कार्यबाहक अध्यक्षमा छ मिहनाका लागि पुरुषोत्तम खनाल नियुक्त भएका थिए ।
मन्त्रालयका अनुसार अध्यक्ष पदका लागि इच्छुक नागरिकको उमेर ३० देखि माथि र ६५ देखि तल हुनुपर्नेछ । दूरसञ्चर सेवासँग सम्बन्धित प्राविधिक, प्रशासनिक, बजार व्यवस्थापन, लेखा तथा लेखापरीक्षण वा कानुनी क्षेत्रमा मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा स्नातक उपाधि हासिल गरेको हुनुपर्नेछ ।
कुनै पनि सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारीको हकमा राजपत्रांकित प्रथम श्रेणी, दशौं तह वा सोभन्दा माथिल्लो पदमा काम गरेको हुनुपर्नेछ । सो क्षेत्र १० वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ । र प्राचलित नेपालको कानुन बमोजिम नियुक्त हुन अयोग्य नठहरिएको हुनुपर्नेछ ।
इच्छुकले २०७६ असार ९ गतेको अपरान्ह ५ बजेभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्थान समन्वय शाखा, सिंहदरबारमा दरखास्त पेश गरिसक्नु पर्नेछ ।
योग्यता पुगेका व्यक्तिहरिुले नेपाली नागरिकताको प्रतिलिपिप, व्याक्तिगत विवरण, निवेदकले प्राप्त गरेको शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपीहरु, अनुभव खुल्ने प्रमाणको प्रतिलिपी, अंग्रेजी वा नेपाली भाषामा ए फोर साइजको कागजमा तयार गरिएको बढीमा ५ पृष्ठको सिलबन्दी व्यावसायिक कार्ययोजना, हालसालै खिचेको पासपोर्ट साइजको फोटो दुई प्रति, कुनै पनि विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र नलिएको स्वघोषणा आदि पेश गर्नुपर्नेछ ।
शैक्षिक योग्यता र कार्यानुभव प्रमाणपत्रको हकमा नोटरी पब्लिकबाट प्रमाणित भएको हुनुपर्नेछ । उम्मेद्वारले पेस गरेको व्यवसायिक कार्ययोजना, कार्ययोजनाको प्रस्तुतिकरण र अन्तरवार्ता, शैक्षिक योग्यता र अनुभवको मूल्यांकनको आधारमा नियुक्तिका लागि सिफारिस गरिने उक्त सार्वजनिक सूचनामा उल्लेख छ ।