समाचार


मन्थलीबाट मालुखोलातर्फ जाँदै गरेको माइक्रो दुर्घटना, एक जनाको मृत्यु

मन्थलीबाट मालुखोलातर्फ जाँदै गरेको माइक्रो दुर्घटना, एक जनाको मृत्यु

२१ फाल्गुन २०७५, मंगलवार ००:२३

रामेछाप।  मन्थली नगरपालिका–२ करमबोटमा आज माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक महिला गम्भीर घाइते भएकी छिन् । मृत्यु हुनेमा माइक्रोबसका धनी काठमाडौँ मनमैजुका ४५ वर्षीय कर्मा लामा रहेको प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए। दुर्घटनामा परी मन्थली नगरपालिका–२ की अञ्जना खड्का घाइते.....

चितवन क्रिकेट क्लबलाई उपाधि

चितवन क्रिकेट क्लबलाई उपाधि

२१ फाल्गुन २०७५, मंगलवार ००:२२

भरतपुर ।  यहाँ जारी १६औँ संस्करणको ‘मेयर्स चितवन च्याम्पियनसीप ट्रफी क्रिकेट प्रतियोगिता’को उपाधि चितवन क्रिकेट क्लबले जितेको छ । किशोर महतोले पाँच विकेट लिएपछि चितवनले उपाधि जित्न सफल भएको हो । नारायणगढस्थित क्याम्पाचौरमा भएको फाइनल खेलमा चितवनले कलैया क्रिकेट क्लबलाई ५४ रनले पराजित गरेको हो । उपाधिसँगै.....

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि साढे पाँच करोड जुट्यो

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि साढे पाँच करोड जुट्यो

२० फाल्गुन २०७५, सोमबार ०८:२५

चितवन। धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा बनाउन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि पाँच करोड रकम संकलन भइसकेको छ। फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले चितवनमा पत्रकार सम्मेलन गरी अहिलेसम्म साढे ५ करोडभन्दा बढी रकम संकलन भइसकेको जानकारी गराए। कट्टेलका.....

गल्छी – केरूङ अन्तर्राष्ट्रिय राजमार्ग सञ्चालनमा ढिलाइ

गल्छी – केरूङ अन्तर्राष्ट्रिय राजमार्ग सञ्चालनमा ढिलाइ

२० फाल्गुन २०७५, सोमबार ०८:१४

रसुवा । राजमार्ग निर्माण भएको ११ महीना बित्न लाग्दा पनि धादिङको गल्छीदेखि त्रिशूली, मैलुङ स्याफ्रुबेँसी हुँदै रसुवागढीतर्फको अन्तर्राष्ट्रिय राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । नेपाल–चीनबीच दुई देशको व्यापार व्यवसाय अभिवृद्विमा सहज पार्ने उद्देश्यले नेपाली सेनामार्फत गत वर्ष निर्माण भएको मैलुङ–स्याफ्रुबेसी.....

कौशल्टारमा भीषण आगलागी, ६ करोड बढीको क्षति

कौशल्टारमा भीषण आगलागी, ६ करोड बढीको क्षति

२० फाल्गुन २०७५, सोमबार ०७:३३

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारमा स्थानीय राजु श्रेष्ठले वर्षौंदेखि सञ्चालन गर्दै आएको श्रेष्ठ फर्निचर तथा काष्ठ उद्योगमा विद्युत् सर्ट भई भीषण आगलागी भएको छ । गए राति ११ बजे लागेको आगो आज बिहान ४ बजे नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले.....

एर्भटनसँग बराबरीमा रोकिएको लिभरपुलले शीर्ष स्थान पुग्ने मौका गुमायो

एर्भटनसँग बराबरीमा रोकिएको लिभरपुलले शीर्ष स्थान पुग्ने मौका गुमायो

२० फाल्गुन २०७५, सोमबार ०६:०१

एभर्टनसँग गोलरहित बराबरीमा रोकिएपछि इंग्लिस प्रिमियर लिगको उपाधि दाबेदार लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा झरेको छ। आइतबार भएको खेलमा लिभरपुलले एभर्टनसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो। एभर्टनलाई पराजित गरेको खण्डमा शीर्षस्थानमा फर्कने लिभरपुलले खेल अवधिभर थुप्रै गोल गर्ने अवसर चुकाएको.....

नेपोलीलाई हराउँदै रोनाल्डोको युभेन्टसले लिगमा १६ अंकको अग्रता बनायो

नेपोलीलाई हराउँदै रोनाल्डोको युभेन्टसले लिगमा १६ अंकको अग्रता बनायो

२० फाल्गुन २०७५, सोमबार ०५:५०

टुरिन । डिफेन्डिङ च्याम्पियन युभेन्टसले इटालियन सिरी ए को यो सिजन पनि लिग उपाधि रक्षा गर्न बलियो भएको छ। आइतबार राति भएको खेलमा दोस्रो स्थानको नेपोलीलाई २-१ ले हराउँदै युभेन्टसले आफ्नो अपराजित यात्रा कायम राखेर १६ अंकको अग्रता बनाएको छ। अत्यान्तै प्रतिस्पर्धात्मक गएरातिको खेलमा युभेन्टसलाई जिताउन.....

चेल्सीले फुलहमलाई हरायो

चेल्सीले फुलहमलाई हरायो

२० फाल्गुन २०७५, सोमबार ०५:०८

इङ्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले फुलहमलाई पराजित गरेको छ  ।  आइतबार भएको खेलमा चेल्सीले फुलहमलाई २-१ गोल अन्तरले पराजित गरेको हो  । नर्थ लन्डन डर्वी भिडन्तमा चेल्सीले बाजी मारेको हो। फुलहमको मैदानमा चेल्सीलाई जिताउन गोन्जलो हिगुआइन र जर्गिन्होले गोल गरे। फुलहमका कलुम च्याम्वर्सले एक गोल फर्काए.....

महाशिवरात्रिमा ५८२ ट्राफिक प्रहरी खटिने

महाशिवरात्रिमा ५८२ ट्राफिक प्रहरी खटिने

१९ फाल्गुन २०७५, आईतवार १८:५६

काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वलाई लक्ष्य गरी ट्राफिक व्यवस्थापन मिलाएको छ ।महाशाखाले दर्शनार्थीलाई सहज रुपमा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको हो । महाशाखाका प्रमुख एवं प्रहरी बरिष्ठ उपरीक्षक वसन्त पन्तका अनुसार चाबहिलबाट गौशाला,.....

हिमपातले सडक अवरुद्ध

हिमपातले सडक अवरुद्ध

१९ फाल्गुन २०७५, आईतवार १७:२८

रुकुमपूर्व । पटक पटकको हिमपातले रोल्पा हुँदै जिल्लामा जोडिएको शहीद मार्ग अवरुद्ध भएको छ । शहीद मार्ग भएर गुड्ने सवारीसाधन गुड्न सकेका छैनन् । गत पुसको तेस्रो सातादेखि भूमे गाउँपालिका–२ काँक्रीदेखि दाङ घोराहीसम्मको सो मार्ग भएर चल्ने यातायातका साधन ठप्प छन् । हिमपातले ठाउँठाउँमा सडक अवरुद्ध गरेपछि.....