काठमाडौं । काठमाडौंको टेकुस्थित चेकिङमा बसेका प्रहरीलाई सय रुपैयाँ घुस दिन खोज्ने एक ट्रक चालकलाई प्रहरीले मङ्गलबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा ना६ख ३२०२ नम्बरका ट्रक चालक चितवन भण्डाराका २६ वर्षीय रिदम नेपाली छन् । मङ्गलबार राति चेकिङमा रहेका प्रहरीले कागजपत्र मागेपछि चालक नेपालीले प्रहरीलाई.....
चौतारा । सस्तो मूल्यमा सुन दिने भन्दै १० लाख लुटपाट गरी फरार रहेका सिन्धुपाल्चोकका तीन जनालाई प्रहरीले प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका–५ गाती काभ्रेटोलका २५ वर्षीय प्रमबहादुर तामाङ, २४ वर्षीय साजन तामाङ र २१ वर्षीय आक्रोश भन्ने सिङ्गबहादुर तामाङ छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको.....
काठमाडौं । आईडीपी एजुकेसनले नेपालमा पहिलो पटक कम्प्युटर प्रणालीबाट आईईएलटीएस परीक्षा दिने व्यवस्था सुरु गरेको छ । आईडीपीले यो आधुनिक प्रणालीको परीक्षा सञ्चालनका लागि परीक्षा केन्द्र गौशालास्थित पशुपति भिजन कम्प्लेक्समा खोलेको छ । आईडीपीले कम्प्युटर प्रणालीमार्फत सञ्चालन हुने आईईएलटीएस परीक्षा.....
कञ्चनपुर । भीमदत्त नगरपालिका– १३ वडैपुरका गोरे लुहारको बञ्चरो प्रहार गरी हत्या गरिएको छ । जग्गा विवादमा भतिजा शिव लुहारले गोरेलाई सोमबार साँझ बञ्चरो प्रहार गरेका थिए । बञ्चरो प्रहारपछि सख्त घाइते भएका गोरेलाई उपचारका लागि भारतको बरेली लगिएकामा उपचारकै क्रममा गएराति उनको मृत्यु भएको जिल्ला प्रहरी.....
काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिका–२ नयाँबस्तीस्थित मुक्तेश्वर महादेव मन्दिरका पुजारी ४२ वर्षीय हरिप्रसाद तिमल्सिनाको गाउँपालिका कार्यालयको छतबाट खसेर मृत्यु भएको छ । पुजारी तिमल्सिनाको उपचारार्थ धुलिखेल अस्पताल लैजाँदै गर्दा मङ्गलबार राति बाटोमै मृत्यु भएको प्रहरी चौकी ढुङ्खर्कका प्रहरी.....
कास्की । गण्डकी प्रदेश सरकारले कृषियोग्य जमीनमा उत्पादन र उत्पादकत्व वृद्धि गर्न स–साना कित्ताका जमीनलाई एकीकृत गरी सामूहिक खेती गर्ने कार्यक्रम अघि बढाएको छ । एक बाली मात्र खेती गरिने जमीनमा चक्लाबन्दीको माध्यमबाट आवश्यक सिँचाइ, मल तथा बीउको व्यवस्थापन गरी कम्तीमा पनि तीन बाली खेती गरी उत्पादन वृद्धि.....
गोरखा । भूकम्पले क्षति पुर्याएको ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माण फेरि रोकिएको छ। काठको अभाव देखाउँदै ठेकेदार कम्पनीले गएको १५ दिनदेखि दरबारको पुनःनिर्माणको काम रोकेको हो। “गएको १०/१२ दिनदेखि कोही पनि यहाँ फर्केर आएका छैनन्, गोरखकाली मन्दिरका पुरोहित शारदाप्रसाद भट्टराईले भने, “काठ नभएकाले काम.....
काठमाडौं । प्रहरीले कास्कीबाट ५ थान हतियारसहित चार जनालाई पक्राउ गरेको छ । कास्कीको रुपा गाउँपालिका ७ तालवेशी तथा सौर्यवासका विभिन्न स्थानबाट मङ्गलबार प्रहरीले लेन्ससहितको बाइसबोर राइफल १ थान, बाह्रबोर राइफल १ थान र भरुवा बन्दुक ३ थानसहित ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको.....