काठमाडौँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले जुनसुकै क्षेत्रमा काम गर्ने श्रमिकको समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिता रहेको बताएकी छन् । स्वतन्त्रता अभियान नेपालले आज आयोजना गरेको अनौपचारिक क्षेत्रमा काम गर्ने महिला श्रमिकविरुद्ध हुने हिंसा विषयक राष्ट्रिय विचार.....
काठमाडौँ : भारत पश्चिम बङ्गालस्थित कोलकातामा नेपाल भवन बनाउन पहल भएको छ । कोलकातावासी नेपालीहरुले महेशतला नगरपालिका–२३, विवेकानन्द पार्क रोड नेर ११ कठ्ठा जग्गा लिइसकेका छन् । विभिन्न सांस्कृतिक कार्यक्रम गर्न तथा आपसमा भेला भई अन्तर्क्रिया एवं छलफल गर्नका लागि सो भवन बनाउन लागिएको हो । कोलकातामा रहेका.....
बेइजिङ : चीनको दक्षिण पश्चिमी क्षेत्रमा रहेको एउटा कोइला खानीमा भएको दुर्घटनामा सात जना मजदूरको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएको अधिकारीहरुलाई उद्धृत गर्दै चिनियाँ सरकारी सञ्चार माध्यमहरुले जनाएका छन् । घाइतेहरुलाई उपचारका लागि चोङ्क्विङस्थित अस्पताल पुर्याइएको छ । खानीमा कार्यरत.....
तनहुँमा यस वर्ष रु २५ करोड बराबरको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ । सुन्तला खेतीका लागि यस वर्ष मौसम अनुकूल भएको र उत्पादन क्षेत्र बढेकाले सुन्तला उत्पादनमा वृद्धि आउने अनुमान गरिएको हो । कृषि ज्ञान केन्द्र तनहुँका सूचना अधिकारी ज्योति क्षेत्रीले गत वर्ष तनहुँबाट रु १८ करोडको सुन्तला उत्पादन भएकामा.....
ललितपुर : नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) मा जनशक्ति अभावले सञ्चालित कार्यक्रम प्रभावित भएका छन् । नेपालमा विज्ञान र प्रविधिका विविध क्षेत्रमा अध्ययन र अनुसन्धान गर्ने उक्त संस्थामा लामो समयदेखि नियुक्ति प्रक्रिया अबरुद्ध हुँदा कर्मचारीको अभाव भोग्नुपरेको हो । नास्टले केही वर्ष पहिलेदेखि.....
बैतडी : बैतडीको दशरथचन्द नगरपालिकाले नगरक्षेत्रमा पाँच दर्जनभन्दा बढी सडक सौर्यबत्ती जडान गरेको छ । रातिको समयमा सडकमा अँध्यारो नहोस् र आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुगोस् भन्ने उद्देश्यले नगरपालिकाले सौर्यबत्ती जडान गरेको हो । आर्थिक वर्ष २०७२/७३ देखि हालसम्म ६७ अोटा सडक सौर्यबत्ती जडान.....
काठमाडौँ : विश्व शारीरिक सुगठनमा नेपालका महेश्वर महर्जनले स्वर्ण पदक जित्न सफल भएका छन् । थाइल्याण्डको चाङमईमा भइरहेको १० औँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा महेश्वरले शनिबार साँझ पुरुष ७५ केजी स्वर्ण जितेका हुन् । १२ खेलाडी सहभागी उक्त स्पर्धामा भारतीय खेलाडी दोस्रो र सिङ्गापुरका.....
काठमाडौं : अन्तर्राष्ट्रिय तामाङ परिषदको अध्यक्षमा अखिल भारतीय तामाङ बौद्ध सङ्घका केएम तामाङ निर्वाचित भएका छन् । दार्जिलिङको मिरिकमा जारी परिषदको चौथो अन्तर्राष्ट्रिय तामाङ सम्मेलनबाट उनी निर्विरोध निर्वाचित भएका हुन् । यस्तै वरिष्ठ उपाध्यक्षमा तामाङ घेदुङबाट टासी लामा तामाङ, उपाध्यक्षमा उत्तर–दक्षिण.....
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख जिल्ला न्यायाधिवक्ता कोषहरि निरौला विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । ठगी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग ८० हजार रूपैयाँ घुस मागेको अभियोग निरौलामाथि लागेको छ । यस्तै कम्पनी रजिष्ट्रार कार्यालय.....
माथिल्लो डोल्पामा चिसो र हिमपात हुन थालेपछि त्यहाँका स्थानीयवासी जाजरकोट झरेका छन् । चिसो छल्न डोल्पाका तीन स्थानीय तहका स्थानीयवासी घर छाडेर जाजरकोटका विभिन्न बस्तीमा आएका हुन् । माथिल्लो डोल्पाका स्थानीय तह फोक्सुण्डो, डोल्पोबुद्ध, छार्का ताङसुङ गाउँपालिकाका स्थानीयवासी लत्ताकपडा, खच्चड, भेडा.....