समाचार


यौनजन्य हिंसाविरुद्ध एक महिने अभियान

यौनजन्य हिंसाविरुद्ध एक महिने अभियान

२१ भाद्र २०७५, बिहीबार १०:५१

सरोकारवाला निकाय र सङ्घ संस्थाको अगुवाइमा इलाममा बुधबारबाट एक महिने जबर्जस्ती करणी र यौनजन्य हिंसाविरुद्ध अभियान सुरु भएको छ । मानव बेचविखनविरुद्धको १२औँ राष्ट्रिय दिवसका अवसरमा सो अभियान सुरु गरिएको हो । पछिल्लो समय देशभर जबर्जस्ती करणी र यौनजन्य हिंसाका घटना बढ्दै गएपछि सुरु गरिएको सो अभियानमा.....

दुनै अन्धकार

दुनै अन्धकार

२१ भाद्र २०७५, बिहीबार १०:१५

मङ्गलबार राति पहिरोले कुलो भत्काउँदा डोल्पाको सदरमुकाम दुनै बजार अन्धकार भएको छ । स्थानीय जैरीगाड जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सेवा पहिरोका कारण ठप्प भएपछि सदरमुकामवासी अन्धकारमा बस्न बाध्य भएका हुन् । जैरीगाड खोला नजिको पहिरोले नहरको कम्तिमा ४० मिटर भाग भत्काएको आयोजनाले जनाएको छ । भत्किएको.....

अदुअआ प्रमुखमा घिमिरेको नाम सिफारिश

अदुअआ प्रमुखमा घिमिरेको नाम सिफारिश

२० भाद्र २०७५, बुधबार १३:२९

संवैधानिक परिषद्को आजको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिश गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको परिषद्को बैठकले आयोगका कावा आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिश गरेको सभामुख कृष्णबहादुर महराले.....

प्याराग्लाइडिङ खेलाडीलाई भव्य स्वागत

प्याराग्लाइडिङ खेलाडीलाई भव्य स्वागत

२० भाद्र २०७५, बुधबार १०:५६

इन्डोनेशियामा सम्पन्न १८ औँ एशियाली खेलकूद प्रतियोगितामा मुलुकलाई प्याराग्लाइडिङ खेलमार्फत रजत पदक दिलाउने खेलाडीलाई पोखरामा भव्य स्वागत गरिएको छ । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन, राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार बिष्ट र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले.....

अघि बढेन तलेजु मन्दिर पुनःनिर्माण

अघि बढेन तलेजु मन्दिर पुनःनिर्माण

२० भाद्र २०७५, बुधबार १०:३२

पाटन दरबार क्षेत्रमा रहेको देगु तलेजु मन्दिर पुनःनिर्माणको टुङ्गो लाग्न सकेको छैन । भूकम्पबाट क्षति पुगेको तीन वर्ष वित्दा समेत मन्दिर पुनःनिर्माणको जिम्मा कसलाई दिने भन्नेबारे अन्योल छ । पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजिमान प्याकुरेलका अनुसार जापान सरकारले उक्त मन्दिर.....

महिन्द्राले सार्वजनिक गर्यो नयाँ म्याक्सिमो एचडी सिरिज नेपाली बजारमा

महिन्द्राले सार्वजनिक गर्यो नयाँ म्याक्सिमो एचडी सिरिज नेपाली बजारमा

१९ भाद्र २०७५, मंगलवार २०:४३

महिन्द्रा गु्रपको महिन्द्रा एण्ड महिन्द्रा प्रालिले नयाँ मोडेलको म्याक्सिमो एचडी सिरिज गाडी सार्वजनिक गरेको छ । विगत २६ बर्षदेखि सेवा दिदैँ आएको महिन्द्राले दुगड ब्रदर्श एण्ड सन्ससँगको साझेदारीमा उक्त नयाँ सिरिज मंगलबार काठमाडौ लन्च गरेको हो । हेभी ड्युटी सेरिजमा ८ पत्ताको बलियो अगाडीको भागमा सस्पेन्सन.....

ग्यास बोकेको कन्टेनर त्रिशूलीमा

ग्यास बोकेको कन्टेनर त्रिशूलीमा

१९ भाद्र २०७५, मंगलवार १५:५६

एलपी ग्यास बोकेर काठमाडौँतर्फ जाँदै गरेको कण्टेनर नारायणगढ –मुग्लिन सडकखण्डको केराबारीबाट आज अपराह्न त्रिशूली नदीमा खसेको छ । जिल्ला प्रहरी काार्यलय चितवनका अनुसार भारतीय नम्बरको एचआर ६९ पी ६९७३ कण्टेनर १ः२० बजे नदीमा खसेको हो । चालक भने हामफालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । चालकको मुग्लिनमा.....

no-image

दुई युवती बेहोस

१९ भाद्र २०७५, मंगलवार ११:३८

कृष्णपुर नगरपालिकामा सोमबार दुई युवती बेहोस अवस्थामा भेट्टिएका छन् । कृष्णपुर–५ चौराह नजिक गौरा हेर्न गएका बेलौरी नगरपालिका–९ का १९ वर्षीया अञ्जली राना र कैलालीको गोदावरी नगरपालिका–१ का बविता राना बेहोस अवस्थमा फेला परेका हुन् । दुवै जनालाई उपचारका लागि सेती अञ्चल अस्पताल भर्ना गरिएको इलाका प्रहरी.....

जातीय भेदभाव भए दुई लाखसम्म क्षतिपूर्ति प्रस्ताव

जातीय भेदभाव भए दुई लाखसम्म क्षतिपूर्ति प्रस्ताव

१८ भाद्र २०७५, सोमबार १२:२३

मानवीय सभ्यताविरुद्धको गम्भीर सामाजिक अपराधका रुपमा रहेको जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कानून समयानुकूल बनाई दण्ड, सजाय र क्षतिपूर्तिलाई कडा तुल्याउने विधेयक सदनमा पेश गरिएको छ । जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयकलाई सरकारले सदनमा प्रस्तुत गरेको छ । विधेयकमा.....

नौ जना जुवाडे पक्राउ

नौ जना जुवाडे पक्राउ

१८ भाद्र २०७५, सोमबार १२:१९

पर्वतको सदरमुकाम कुस्मा बजारबाट प्रहरीले जुवाखालमा छापा मारेर नौ जनालाई पक्राउ गरको छ । जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई कुस्मा नगरपालिका वडा नं ७ दुर्लुङचोकस्थित लेस्पार होटलबाट आइतबार साँझ छापा मारेर जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । प्रहरीले मोदी.....